default_image

6 months ago

June 13, 2025

राष्ट्रपति रनिङ सिल्ड – बागमती च्याम्पियन

597 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ ।

शुक्रवार सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ ७ प्रदेश सहभागी प्रतियोगितामा टिम च्याम्पियन बन्यो ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो भयो ।

सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो। ११, १२ र १३ औं संस्करणको विजेता लुम्बिनी प्रदेशले तेश्रो भयो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो ।

गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य पदकसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्य पदकका साथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यकस साथ छैटौं भयो । सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।

विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीन दने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपले जनाएको ।

तेक्वान्दोमा बागमतीको वर्चस्व
राष्ट्रपति रनिङ सिल्ड खेलकुदको तेक्वान्दोमा बामगती च्याम्पियन भयो । बागमतीले ७ स्वर्ण र ३ कांस्य पदक जित्यो ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगितामा सुदूरपश्चिम ३ स्वर्ण र ४ रजत पदकसहित साथ दोश्रो भयो ।

तेश्रो स्थानको मधेशले १ स्वर्ण, २ रजत र ४ कांस्य पदक प्राप्त गर्यो। १२ स्पर्धा रहेको तेक्वान्दोमा बाँकी १ स्वर्ण कर्णालीले जित्यो। कर्णालीले १ रजत र ४ कांस्य पदक पनि जित्यो ।
अन्तिम दिन २ स्पर्धाको फाइनल भएको थियो । छात्र ५९ केजीमुनि किरण लामा र छात्रा ५२ केजीमुनि समिक्षा लिम्बूले बागमतीलाई स्वर्ण पदक दिलाए । फाइनलमा किरणले लुम्बिनीका गणेश विक र समिक्षाले लुम्बिनीकै निर्जला महतोलाई पराजित गरे ।

करातेमा पनि बागमती नै अघि

राष्ट्रपति रनिङ सिल्ड खेलकुदको करातेमा पनि बागमती नै च्याम्पियन बन्यो । बागमतीले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ५ कांस्यसाथ लुम्बिनी दोश्रो भयो । तेश्रो स्थानको मधेशले २ स्वर्ण र २ रजत हात पा¥यो । १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

कबड्डीमा बागमतीलाई दोहोरो उपाधि

राष्ट्रपति रनिङ खेलकुदको कबड्डीमा बागमतीले दोहोरो उपाधि जितेको छ । बागमती छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा बागमतीले लुम्बिनीलाई ४४–३० ले पराजित गर्यो । कोशी र मधेश तेश्रो भए ।
छात्राको उपाधि भिडन्तमा पनि बागमतीले लुम्बिनीलाई २९–२५ ले हरायो । कर्णाली र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

Success

Thank you for your time.