6 months ago
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ ।
शुक्रवार सम्पन्न प्रतियोगितामा बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकका साथ ७ प्रदेश सहभागी प्रतियोगितामा टिम च्याम्पियन बन्यो ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो भयो ।
सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो। ११, १२ र १३ औं संस्करणको विजेता लुम्बिनी प्रदेशले तेश्रो भयो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो ।
गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य पदकसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्य पदकका साथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यकस साथ छैटौं भयो । सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।
विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीन दने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपले जनाएको ।
तेक्वान्दोमा बागमतीको वर्चस्व
राष्ट्रपति रनिङ सिल्ड खेलकुदको तेक्वान्दोमा बामगती च्याम्पियन भयो । बागमतीले ७ स्वर्ण र ३ कांस्य पदक जित्यो ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगितामा सुदूरपश्चिम ३ स्वर्ण र ४ रजत पदकसहित साथ दोश्रो भयो ।
तेश्रो स्थानको मधेशले १ स्वर्ण, २ रजत र ४ कांस्य पदक प्राप्त गर्यो। १२ स्पर्धा रहेको तेक्वान्दोमा बाँकी १ स्वर्ण कर्णालीले जित्यो। कर्णालीले १ रजत र ४ कांस्य पदक पनि जित्यो ।
अन्तिम दिन २ स्पर्धाको फाइनल भएको थियो । छात्र ५९ केजीमुनि किरण लामा र छात्रा ५२ केजीमुनि समिक्षा लिम्बूले बागमतीलाई स्वर्ण पदक दिलाए । फाइनलमा किरणले लुम्बिनीका गणेश विक र समिक्षाले लुम्बिनीकै निर्जला महतोलाई पराजित गरे ।
करातेमा पनि बागमती नै अघि
राष्ट्रपति रनिङ सिल्ड खेलकुदको करातेमा पनि बागमती नै च्याम्पियन बन्यो । बागमतीले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।
सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ५ कांस्यसाथ लुम्बिनी दोश्रो भयो । तेश्रो स्थानको मधेशले २ स्वर्ण र २ रजत हात पा¥यो । १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
कबड्डीमा बागमतीलाई दोहोरो उपाधि
राष्ट्रपति रनिङ खेलकुदको कबड्डीमा बागमतीले दोहोरो उपाधि जितेको छ । बागमती छात्र/छात्रा दुवैमा च्याम्पियन बन्यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा बागमतीले लुम्बिनीलाई ४४–३० ले पराजित गर्यो । कोशी र मधेश तेश्रो भए ।
छात्राको उपाधि भिडन्तमा पनि बागमतीले लुम्बिनीलाई २९–२५ ले हरायो । कर्णाली र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।

December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]