default_image

6 months ago

June 13, 2025

जुनियर चेसमा रियाको‌ अग्रता 

318 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम जुनियर नेसनल चेस  च्याम्पियनसिपको छात्रातर्फ काठमाडौंकी रिया श्रेष्ठले एकल अग्रता लिएकी छिन् ।

बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा जारी युवा प्रतियोगितामा रियाले ५ चरणको खेल सकिँदा ४.५ अंक जोडेर अग्रता बनाएकी हुन्। 

ओलम्पियाडमा छनोट भएकी रियाले नयुमा मगर, उज्जिभनी कँडेल, निहाना श्रेष्ठ र प्रेसियस अधिकारीलाई हराइन् । उनले विविशा तामाङसँग बराबरी खेलिन्। 

दोस्रो दिनको समाप्तिमा प्रेसियस, एन्जेल महर्जन, दानिशा पुरी र नेलिसा ओझा समान ४ अंकसहित प्राप्त ग संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।

छात्रतर्फ ६ चरणको खेल सकिँदा रिसोन थापा र सिएम पुरुषोत्तम सिलवाल समान ६ अङकसहित संयुक्त रुपमा शीर्ष स्थानमा छन्।

आद्यान्त काफ्ले, प्रतिक सुवेदी, एआईएम अभिक शाह, अभिनभ पाण्डे, युनिक गौतम, स्वर्णिम दुवाल र खिमबहादुर पुन समान ५ अंकसहित संयुक्त रुपमा दोस्रो स्थानमा छन्।

प्रतियोगिता स्विस लिग क्लासिकल ६० मिनेट ३० सेकेन्ड इनक्रिजमेन्टका बाँकी चरणको खेलमा भोलि  रिसोन र पुरुषोत्तम सिलवाल, प्रतिक र अभिक, आद्यान्त र स्वर्णिम, खिम बहादुर र सतिशबीच हुनेछ ।

नेपाल बुद्धिचाल महासंघको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा चलिरहेको प्रतियोगिताका विजेता खेलाडीले कुल २ लाख ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

छात्र/ छात्रा समूहको विजेताले ४०, दोस्रोले २५, तेस्रोले १०, चौथोले ७ हजार ५ सय र पाँचौंले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी ११० युवा खेलाडी मध्ये ८, १०, १२, १४, १६ र १८ वर्षका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.