6 months ago
June 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठबिच १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको महिला एकलको उपाधि भिडन्त हुने भएको छ ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशकी विपनाले गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११-०, ११-४ र ११-३ हराइन् ।
अर्कोमा स्वस्थानीले अस्मिता नगरकोटीलाई ११-३, ११-५ र ११-४ ले हराए । यसअघि, आजै भएको क्वाटरफाइनलमा विपनाले डोल्मा लामालाई ११-४, ११-५, ११-१ स्वस्थानीले रनसा महर्जनलाई ११-५, ११-३ १२-१०, अस्मिता नगरकोटीले साक्षी सुनुवारलाई ११-५, ११-७ ११-६ र समीक्षाले नियुक्ती श्रेष्ठलाई ७-११, ६-११, ११-९, ११-५ र १३-११ ले हराइन् ।
यसैगरी नेपालका नम्बर अरहन्त केशर सिंह पुरुष एकलको फाइनलमा पुगेका छन् । बागमतीका अरहन्तले सेमिफाइनलमा नैन बहादुर मगरलाई ११–२, ११–३, ११–४ ले सजिलै हराए ।
आजै क्वाटरफाइनलमा अरहन्तले हेलिस श्रेष्ठलाई ११-६, ११-५ र ११-५ , नैनबहादुरले जान जिसीलाई ११-४, ११-४ र ११-४ ले पराजित गरेका थिए ।
अरहन्तले फाइनलमा दिपक थापा वा पासाङ ब्लोनमध्ये एकको सामना गर्नेछन् । क्वाटरफाइनलमा दिपकले आभन श्रेष्ठलाई ११-३, ११-४ र ११-७ तथा पासाङले सूर्य कुमार राईलाई ११-५ ११-९ र ११-८ ले पराजित गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]