6 months ago
June 14, 2025
पोखरा ( हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ।
एभरेष्ट भलिबल क्लबलाईलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमन्ड तेस्रो भएको हो।
पोखरा रंगशालास्थित कभर्डहलमा शनिवार न्यु डायमन्डले सहज जित निकालेको हो । समूह चरणमा पनि न्यु डायमण्डले एभरेष्टलाई ३-० ले नै हराएको थियो।
न्यु डायमन्डले सुरुआतदेखि खेल नियन्त्रणमा राख्यो। पहिलो सेट २५- ८ ले सहजै आफ्नो पक्षमा पार्यो पारेको न्यु डायमण्डले केहि चुनौतीको सामाना गरेपनि खेल २५–१८ ले जित्यो।
तेस्रो सेट २५- ११ ले आफ्नो पक्षमा पार्दै न्यु डायमण्डले तेस्रो स्थान पक्का गर्यो । न्यु डायमण्डलाई शुक्रवारको सेमिफाइनल भने बिर्सन लायक थियो।
सुरुवाती २ खेल जितेर अघि बढेको न्यु डायमण्ड सेमिफाइनलमा नेपाल एपिएफ क्लबसँग पराजित भएको थियो। एभरेष्टलाई हराउँदै नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको थियो।
न्यु डायमण्डले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । पुलिस र एपिएफबीच विभागीय डर्बी फाइनल जारी छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]