6 months ago
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – झापाका रिसोन थापा र काठमाडौंकी रिया श्रेष्ठले प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपको उपाधि जितेका छन्।
बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा शनिवार सम्पन्न च्याम्पियनसिपमा शतप्रतिशत सफलतासहित रिसोन छात्रतर्फ विजयी भएका हुन् ।
रिसोनले ९ चरणको खेलबाट ९ अङ्क प्राप्त गरे। श्रीलंकामा एसियाली चेसमा रजक पदक जितेर फर्केका सिएम पुरुषोत्तम सिलवालले ८ अङ्क जोडेर दोस्रा भए।
समान ७ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा प्रतिक सुवेदी तेस्रो तस्रो र ललितपुरका अविक शाह चौथो भए । काठमाडौँका अग्रिम सैजुले पाँचौं स्थानमा प्राप्त गरे।
रिया अपराजित
जुनियर छात्रा तर्फ काठमाडौंकी रिया ७ चरणको खेलमा अपराजित रहने क्रममा ५ जित र २ बराबरी नतिजासँगै ६ अङ्कका साथ उपाधि जितिन् ।
बाँकेकी ईशा गिरीले ५.५ अङ्क टाइब्रेक ३३ प्वाइन्ट जोडेर दोस्रो भइन् । दक्षिणकाली नगरपालिकाका एन्जल महर्जनले समान ५.५ अङ्क टाइब्रेक ३१ प्वाइन्ट बनाउँदै तृतीय बन्न सफल भएकी छिन्।
काठमाडौंकी दानिसा पुरीले ५.५ अङ्क टाइब्रेक २७.५ प्वाइन्टमा चौथो र प्रिसियस अधिकारीले ५ अङ्क जोडेर पाँचौं भइन् ।
दुवैतर्फका विजेताले उपाधिसहित ४० हजार, दोस्रोले २५, तेस्रोले १० , चौथोले ७ हजार ५ सय र पाँचौंले ५ हजार रुपैयाँ प्राप्त गरे।
विधागततर्फ छात्र यु ८ काठमाडौंका शुभाङ्ग प्रधान, यु १० आस्विक पोखरेल, यु १२ समृद्ध श्रेष्ठ, यु १४ ओस्कार पन्थी ,यु १६ आद्यान्त काफ्ले र यू १८ युनिक गौतम उत्कृष्ट भए ।
छात्रातर्फ यु १० अग्रता आचार्य, यु १२ निहाना श्रेष्ठ, यु १४ नेलिसा ओझा, यु १६ ओजस्वी श्रेष्ठ र यू १८ ग्लोसी श्रेष्ठ उत्कृष्ट भए।
त्रिज्योति स्कुलमा कार्यक्रम संयोजक दीपक तामाङको सभापतित्वमा भएको समापनमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेता खेलाडीलाई पुरस्कृत गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]