6 months ago
June 14, 2025
सुशील पन्त क्षेत्री, भरतपुर
चितवनमा नै पहिलो पटक आर्चरी सेन्टर सञ्चालनमा आएको छ । भरतपुर ११ विशालचोकमा आज चितवन आर्चरी सञ्चालनमा आएको हो ।
आर्चरी सेन्टरको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । कार्कीले ७० हजार वर्ष पुरानो इतिहास बोकेको आर्चरी चितवनमा भित्रिनु सुखद भएको उल्लेख आर्चरी मानव विकासको इतिहाससँग जोडिएको खेलको बताए ।
नेपालमा २०४४ देखि नै आर्चरी खेलको सुरुवात भए पनि पछिल्लो ७-८ वर्षयता मात्रै यस खेलले गति लिन थालेको उनले बताए । यस आर्चरी सेन्टरले यहाँका युवाहरुलाई पनि यस खेलप्रति आकर्षण बढाउन मद्दत मिल्ने उनको भनाइ थियो ।
चितवन आर्चरीका सञ्चालक निहाल जोशीले चितवनमा पहिलो पटक आर्चरी भित्र्याइएको बताए । बालबालिका र युवाहरुलाई खेलप्रति आकर्षित गर्न आर्चरी सेन्टर सुरु गरिएको उनले बताए । बालबालिका, युवादेखि सबै उमेर समूहले यहाँ आएर आर्चरी खेल्न सक्ने उनको भनाइ थियो ।
आर्चरीका लागि समय अनुसारको शुल्क निर्धारण गरिएको छ । एक घण्टाको लागि दैनिक ५ सय तथा आधा घण्टाका लागि दैनिक ३ सय रुपैयाँ लाग्नेछ ।
मासिक प्याकेज लिनेहरुका लागि एक घण्टाको मासिक ९ हजार तथा आधा घण्टाको मासिक ५ हजार लाग्ने सञ्चालक जोशीले बताए । इच्छुक खेलाडीका लागि आवश्यकता अनुसार प्रशिक्षक ल्याएर अभ्यास गराइने पनि उनले जानकारी दिए ।
खेलाडीलाई व्यवसायिक रुपमा अघि बढ्न पनि सहयोग गर्ने उनको भनाइ थियो । यस्तै खेलाडीहरुका लागि समय समयमा प्रतियोगिता आयोजना गर्ने पनि उनले जानकारी दिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]