default_image

6 months ago

June 15, 2025

टेबल टेनिसमा स्वयम् र निर्जला झापा च्याम्पियन

366 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् ।

झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका स्वयम् र अर्जुनधाराकी निर्जलाले सोझो सेटमा जित निकाल्दै झापा च्याम्पियन बनेका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ बिर्तामोडका दिपक भेटवाल दोस्रो र अर्जुनधाराका गौरव इङनाम तेस्रो भए । महिलातर्फ कमलकी अनन्या कार्की दोस्रो र कनकाईकी युना शिवाकोटी तेस्रो भए ।

प्रतियोगिताको जुनियर ब्वाइज सिंगलतर्फ कनकाईको हरिकुल नमुना माविका दिवस खड्का प्रथम, निश्चल घिमिरे दोस्रो र लोकेन्द्र पनेरु तेस्रो भए ।

त्यस्तै, जुनियर गल्स सिंगलतर्फ ल्होत्से इङ्लिस स्कुल धुलाबारीका इशा लिम्बू प्रथम, ल्होत्सेकै चाहना नेम्वाङ दोस्रो र केरखा पब्लिक स्कुल कमलका अनन्या कार्की तेस्रो भइन् । पहिलो हुने ५, दोस्रोले ३ र तेस्रोले २ हजार रुपैयाँ प्राप्त गरे ।

यसैबीच, ब्वाइज डबल्समा गौरव इङनाम र टप्सन खड्का अर्जुनधाराको जोडी प्रथम भएको छ । दिपक भेटवाल र स्वयम् अधिकारी बिर्तामोडको जोडी दोस्रो तथा अनुज खरेल र अञ्जिल दुलाल कनकाईको जोडी तेस्रो भएको छ ।

गर्ल्स डबल्समा इशा लिम्बू र प्रेक्षा खनाल मेचीनगरको जोडी प्रथम, आभा पोखरेल र रोनिसा श्रेष्ठ, बुद्वशान्तिको जोडी दोस्रो तथा निर्जला भटराई र एलिसा दवाडी अर्जुनधाराको जोडी तेस्रो भएको छ ।

महिला र पुरुषको डबल्स विधाका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा विभिन्न ६ वटा विधामा भएको प्रतियोगितामा झापाका १ सय १० जना खेलाडी सहभागी रहेको प्रशिक्षकसमेत रहेका संघका जिल्ला सदस्य प्रकाश राइले जानकारी दिए ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, संघका अध्यक्ष सन्तोष अग्रवाल, सचिव मिलन शाक्य, पूर्वअध्यक्ष शेखर ढकाल, बिर्तामोड–५ का वडा अध्यक्ष रोहित प्रसाईं, कभर्ड हलका सञ्चालक अनुस्का बोहोरा लगायतको पुरस्कार वितरण गरे।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.