6 months ago
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एमेच्योर राहुल विश्वकर्मा र प्रोफेसनल सुवास तामाङ सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई स्ट्रोकको अग्रतामा संयुक्तरुपमा शीर्षस्थानमा उक्लिएका छन्।
समग्रमा १०-अन्डर १ सय ३४ को स्कोरमा उनीहरूले सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारे। राहुलले आज ७-अन्डर ६५ को सानदार प्रदर्शन गरे। सुवासले ६-अन्डर ६६ को स्कोर कार्ड तयार पारे।
राहुलले फ्रन्ट नाइन बोगीरहित खेले। पहिलो, दोस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। यसपछि उनले ११औं होलमा बोगी खेपे।
तर १०औं, १२औं १७औं र १८औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए। यो स्कोरमा उनी शीर्षस्थानमा उक्लन सफल भए। हिजो राहुल संयुक्तरुपमा तेस्रो स्थानमा थिए।
सुवासले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३-अन्डर ३३ को नतिजा निकाले। उनले पहिलो,तेस्रो, छैटौं, सातौं र नवौं होलमा चार बर्डी प्रहार गरे। पाँचौं र आठौं होलमा एक-एक सट खेर फाले।
यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १०औं देखि १२औं होलमा लगातार तीन बर्डी खेल्दा बाकी छ होलमा पार जोगाए। पहिलो दिन उनले ४-अन्डर ६८ खेलेका थिए। उनी हिजो दोस्रो स्थानमा थिए।

नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ज गर्न सफल रहे। समग्रमा ८-अन्डर १ सय ३६ सहित तेस्रो स्थानमा उक्लिए। यो सानदार स्कोरमा उनी १२औं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्।
सदभावले पहिलो नौ होलमा सात बर्डी सहित बोगी रहित ७-अन्डर २९ को तारिफयोग्य प्रदर्शन गरे। पहिलो, तेस्रो, चौथो तथा छैटौं देखि नवौं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे।
यसपछि ११औं र १२औं होलमा पनि एक-एक सट बचाउँदा स्कोर नौ अन्डरमा पुर्याइसकेका थिए। तर चार पारको १८औं होलमा एक सट खेर फाल्दा ब्याक नाइन १-अन्डर ३५ मा सकाए।
समग्रमा ७-अन्डर १ सय ३७ का साथ निरज तामाङ चौथो स्थानमा छन्। उनले आज ५-अन्डर ६७ मा खेल सकाए। समग्रमा ६-अन्डर १ सय ३८ स्कोरकासाथ भुटानका एमेच्योर खेलाडी निम दोर्जी तामाङले पाँचौं स्थानमा रहे।
उनले आज ३-अन्डर ६९ को को स्कोर जोडे। एमेच्योर वाङ्चेन ढोन्डुप ४-अन्डर ६८ स्कोर सहित समग्रमा ५-अन्डर १ सय ३९ सहित छैटौं स्थानमा उक्लिए।
३६ होलको समाप्तिमा ६-ओभर १ सय ५० सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन्।
सञ्जय लामा, धन बहादुर थापा, शुक्र बहादुर राई, दीपक मगर, विष्णु प्रसाद शर्मा, तोरण विक्रम शाही, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का, प्रदीप कुमार लामा, रामे मगर, रमेश अधिकारी, टंक बहादुर कार्की, राम कृष्ण श्रेष्ठ, वसन्त राज गुरूङ, शिवराम पौडेल र बल भद्र राईले कट बनाए। यस्तै एमेच्योर गल्फर टासी छिरिङ र पदम हाङ लिम्बु पनि कट बनाउन सफल रहे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्।
विजेताले उपाधि सहित ३ लाख, दोस्रोले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्।
चार दिने प्रतियोगितापछि शनिवार असार प्रो-एम प्रतियोगिता हुनेछ। जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]