default_image

6 months ago

June 18, 2025

मंगलादेवी स्मृति रेटिङ चेस सुरु

399 views

0 Bookmark

काठमाडौं  (हाम्रो खेलकुद )- कुशल बेलबासे र आभाष तिवारीले समान २ अंक जोड्दै दोस्रो मंगलादेवी स्मृति रेटिङ चेस प्रतियोगिताको पहिलो दिन बुधवार सुरु संयुक्त शीर्ष स्थानमा छन्।

अन्नपूर्ण स्कुलमा सुरु प्रतियोगितामा कुशल र आभाषसहित २० खेलाडीले २ अंक जोडेका छन्।

एफएम क्षितिज भण्डारी, सिएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, आशिष फुयाल, प्रकाश चन्द्र नेपाल, शैलेन्द्र न्यौपाने, धिरेन राई र जनार्दन शर्मा शीर्ष १० मा छन्।

त्यस्तै कमल श्रेष्ठ, सीएम नवीन टण्डुकार, महेन्द्रकुमार साम्बा हाम्फे, सन्देश श्रेष्ठ, सुशील सुवेदी, विनय थापा, सुरज सिंह, सम्यक श्रेष्ठ, कृष्ण प्रसाद सिग्देल र राजकुमार राई शीर्ष २० मा छन्।

महिलातर्फ राष्ट्रिय च्याम्पियन सिन्दिराज जोशी, विनिता कपाली, प्रतिमा बास्कोटा, अग्रता आचार्य, रिया श्रेष्ठ, कुसुम घिसिङ र शान्ति धिमालले समान १ अंक जोडेका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर २७ ले आयोजना गरेको प्रतियोगिता नेपाली कांग्रेसकी नेतृ सृजना सिंह र वडा नं. २७ का अध्यक्ष योगेश कुमार खड्गीले संयुक्त रूपमा उद्घाटन गरे।

९ चरणसम्म हुने प्रतियोगितामा देशभरका ७६ खेलाडीको सहभागिता छ । क्लासिकल विधामा सञ्चालन भइरहेको प्रतियोगितामा खेलाडीलाई प्रत्येक खेलका लागि ६० मिनेट प्लस ३० सेकेन्ड इन्क्रिमेन्टको समय प्रदान गरिएको छ।

खेलाडी पुरस्कृत
अन्तर वडा टिम च्याम्पियनसिपमा दोस्रो भएको आफ्नो वडाको टोलीको खेलाडीलाई वडा २७ ले नगद र ट्र्याकसुटसहित पुरस्कृत गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले गत महिना आयोजना गरेको अन्तर वडा टिम च्याम्पियनसिप वडा नम्बर २७ को टोलीमा महेश्वरलाल डंगोल, राजेन्द्र बज्राचार्य र विनिता कपाली थिए । खेलाडीलाई जनही ७ हजार रुपैयाँ र ट्र्याकसुट प्रदान गरिएको थियो। 

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.