default_image

6 months ago

June 18, 2025

ड्याफोडिलमा ‘स्कुल टु ओलम्पिक’

242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधवार  स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ ।

ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक स्कुल टु ओलम्पिक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, सन्तोषी श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा , कठिनाई र सफलताको प्रसंग साटेका थिए।

तेक्वान्दोका दीपक र जुडोकी देवुले सन् २००८ को बेइजिङ ओलम्पिक तथा एथलेटिक्सकी सन्तोषी र ब्याडमिन्टनका प्रिन्सले २०२४ को पेरिस ओलम्पिकमा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए ‌।

दीपकले खेलकुदमा अनुशासन, समर्पण, दृढ संकल्पले मात्रै सफलता मिल्ने आफ्नो अनुभवबाट सिकेको बताए । उनले चोट र संघर्षबाट आत्तिएर सफलता प्राप्त गर्न नसकिने बताए ।

देवुले खेलकुदले नै आफूलाई मानसिक र शारीरिक रुपमा थप मजबुत बनाएको स्मरण गरिन् । खेल जीवनमा कठिन समयलाई पनि पार गर्दै दृढताका साथ अघि बढेकै कारण ओलम्पिकसम्मको यात्रा तय गर्न सकेको बताइन् ।

सन्तोषीले हरेकको जीवनमा शिक्षाको‌ महत्व हुने भएकाले विधार्थी जीवनमा त्यसमै बढी जोड दिनु पर्ने जनाउँदै खेलकुदमा रुची भएको खण्डमा समय व्यवस्थापन गरेर अध्ययन र अभ्यासलाई अघि बढाउनु उपयुक्त हुने सुझाव दिइन् ।

प्रिन्सले परिवारको साथ र आफ्नोतर्फबाट शतप्रतिशत खेलमा केन्द्रीय भएकै कारण ओलम्पिक खेल्न सफल भएको बताए। विधार्थीहरुले ओलम्पिकसँग जिज्ञासा पनि राखेका थिए।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोगमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको यो वर्षको तेस्रो कार्यक्रम हो । गत महिना भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय र  काभ्रेपलाञ्चोक साँगास्थित नेपाल पुलिस स्कुलमा कार्यक्रम आयोजना भएको थियो।

२०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका विभिन्न जिल्लाका कुल १९ ठाउँमा आयोजना भइसकेको छ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.