6 months ago
June 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टोलीका सदस्य तथा एमेच्योर गल्फर राहुल विश्वकर्मा पहिलो पटक सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले माथ दिंदै उपाधिको हकदार बनेका हुन्। आज उनले ५-अन्डर ६७ को स्कोर गरे।
गोकर्ण गल्फ क्लबमा आज अन्तिम १८ होलको खेल सुरू हुँदा राहुलसँग मात्र एक स्ट्रोकको अग्रता रहेको थियो। सुवास तामाङले कडा चुनौती दिने अनुमान गरिएको थियो। तर त्यसो भएन्।
राहुलले उत्कृष्ट खेल खेल्दा भारतीय गल्फ टुर खेलिरहेका सुवासले खेल बिगारे। विना दबाब राहुलले फ्रन्ट नाइन सकिंदा सुवास र भुवनलाई ५ स्ट्रोकले पछि पारिसकेका थिए।
राहुलले आज बोगी रहित ५-अन्डर ३१ स्कोर निकाले। पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्न सफल रहे। ११औं र १२औं होलमा पनि एक-एक सट बचाउँदा २३-अन्डरमा स्कोर पुर्याइसकेका थिए। उनी ७२ होलको कुल २३-अन्डरको स्कोर बराबरी गर्दै नयाँ रेकर्ड नजिक पुगेका थिए।
तर १४औं होलको टि सट जङ्गलमा हाने। बल भेटिए पनि खेल्न नमिल्ने ठाउँमा रहँदा पेनाल्टी ड्रप लिए। ४-पारको यो होलमा डबल बोगी खेपे। यसपछि बाँकी होलमा पार जोगाउँदै च्याम्पियन बन्न सफल भए। उनले प्रो र एमेच्योर दुवैतर्फको उपाधि जिते।
सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन जितेका राहुलको सूर्य नेपाल टुरमा यो दोस्रो उपाधि हो। साथै २१- अन्डर उनको करियरकै उत्कृष्ट स्कोर पनि हो।
नेपाल नम्बर एक प्रो भुवन नगरकोटी तेस्रो दिनको समाप्तीमा लिडर राहुल भन्दा पाँच स्ट्रोकले पछि संयुक्तरुपमा चौथो स्थानमा थिए। लिडर ग्रुपलाई पछाइरहेका भुवनले आज पनि दिनकै उत्कृष्ट ८-अन्डरको स्कोर निकाल्ने क्रममा ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे।
चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे बोगी रहित फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए। यसपछि ११औं, १२औं, १५औं र १७औं होलमा एक-एक सट बचाए। १४ औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३३ मा सकाउँदै सुवास र सदभावलाई माथ दिंदै समग्रमा दोस्रो हुँदै प्रोतर्फ पहिलो भए।
उनले ३ लाख रुपैयाँ प्राप्त गरे । यो सिजन उनले कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन्। आज जितेको पुरस्कार राशीसँगै आगामी सिजन दोस्रो वरियतामा रहने भएका छन्।
एमेच्योर सदभाव आचार्य समग्रमा १८-अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए। उनले आज ५-अन्डर ६७ को स्कोर बनाए। उनी एमेच्योरतर्फ दोस्रो भए। सदभावले तेस्रो होलमा डबल बोगी खेपे।
छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलको बर्डीले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए।
साविक विजेता सुवास समग्रमा १५-अन्डर २ सय ७३ सहित चौथो भए। उनले आज इभन-पार ७२ स्कोर गरे। प्रो तर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे।
भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २ सय ७४ सहित पाँचौं स्थानमा रहे। उनले आज ६-अन्डर ६६ को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए।
धरानका प्रो निरज तामाङले आज १-ओभर ७३ स्कोर गरे। समग्रमा १०-अन्डर २ सय ७८ सहित छैटौं भए। प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे।
उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजन ३ उपाधि सहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार राय वरण र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्र मान श्रेष्ठले पुरस्कार वितरण गरे।
एनपिजिएले आयोजना गरेको चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो। जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए।
अब शनिवार प्रो-एम प्रतियोगिता हुनेछ। जहाँ ३० जना प्रोफेसनल र १ सय २० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]