default_image

6 months ago

June 19, 2025

खेलाडीको जीवनमा शिक्षाको महत्व र भविष्यको तयारीका बारेमा चर्चा

283 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउन सकिने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यक्रम बिहिवार काठमाडौंमा आयोजना गरिएको छ

बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको बागमती प्रदेश खेलकुद तथा युवा सम्मेलन २०८२ नामक कार्यक्रममा विगतको तुलनामा खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउने सकिने चर्चा गरिएको थियो ।

अन्तर्क्रियामा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, पूर्व राष्ट्रिय फुटबल खेलाडी विक्रम लामा,
करातेकी एसियाली खेलकुद रजत पदक विजेता एरिका गुरुङ , बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव झलकराम अधिकारी र लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माले आ-आफ्नो अभिव्यक्ति दिए ।

खेलकुद पत्रकार प्रकाश तिमल्सिनाले सन्चालन गरेको कार्यक्रममा इन्दुले शिक्षाले खेलाडीलाई कुनै पनि परिस्थितिमा प्रस्तुत हुन आत्मविश्वास दिने अनुभव सुनाइन् । व्यक्तिगत रुपमा पनि आफूले कतिपय अवस्थामा आत्मविश्वासको कमी महसुस गरेकोले त्यसलाई चिर्न सक्ने एक मात्र माध्यम शिक्षा भएको महसुस गरेको बताइन्।

दुई वर्षअघि फुटबलबाट सन्न्यास लिएका विक्रमले आफूले सन्न्यासपछि‌ के गर्ने भन्ने योजना बनाइसकेको उदाहरण दिँदै खेलाडीले आम्दानी राम्रो हुँदा भविष्यलाई सोचेर आर्थिक व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।

सक्रिय खेल जीवनपछि थ्री स्टार क्लबको व्यवस्थापनमा सक्रिय भएको अनुभव सुनाउँदै विक्रमले सक्रिय खेल जीवनमा नै खेलाडीले भविष्यमा के गर्ने भन्ने तय गर्न सकेको त्यहि अनुसार आफूलाई तयार पार्नुपर्ने सुझाव दिए ।

उनले नेपालमा खेलकुद क्षेत्रबाट जीविकोपार्जन गर्ने सकिने अवस्था सिर्जना बन्दै गएको बताए । उनले भने, ‘ अन्य देशका खेलाडीको तुलनामा हामी आर्थिक रुपले कमजोर छौं होला तर त्यति नकारात्मक नै हुनु हुँदैन। खेलाडीले सन्न्यासपछिको तयारी खेल जीवन रहँदै योजना बनाउँदा सहज रुपमा अघि बढ्न सकिन्छ।’

शिक्षा हरेकको जीवनमा महत्वपूर्ण हुने र त्यसैलाई ध्यानमा राखेर अध्ययनको लागि समय व्यवस्थापन गरिरहेको एरिकाले बताइन् । उनले भनिन्, ‘खेलले पढाईमा समय दिन सकिन्न भन्ने बहाना मात्रै हो । दिनमा २/३ घन्टा अध्ययनमा समय दिन सक्दा पुग्छ। शिक्षाले हरेकलाई सहजता दिन्छ। आफूलाई आवश्यक विषयवस्तुको खोजीका लागि आत्मविश्वास दिन्छ।’

मन्त्रालयका सचिव अधिकारीले खेलकर्मीसँग सहकार्य गरेर अगाडि बढ्न मन्त्रालय तयार रहेको बताए । उनले मन्त्रालयले खेलकुद नीति बनाउने क्रममा रहेकोले सरोकारवाला सबैको सुझावका आधारमा त्यसलाई अन्तिम रुप दिने बताए । उनले खेलाडीलाई खेल जीवनपछि उद्यमशीलताको लागि‌ सहयोग गर्न सक्नेमा छलफल अघि बढाए आफूहरु तयार रहेको बताए। उनले यस्ता छलफलले मन्त्रालयलाई नीति निर्माण र कार्यक्रम गर्न सजिलो हुने विश्वास व्यक्त गरे।

लिटिल एन्जल्सका प्रिन्सिपल शर्माले आफ्नो स्कुलले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेकै कारण विभिन्न खेलका ३५ प्रशिक्षकलाई आबद्ध गरेको दृष्टान्त प्रस्तुत गरे। उनले खेलाडी उत्पादनका लागि सस्थागत रुपमा अन्य संस्थासँग सहकार्य गर्न समेत आफूहरु तयार रहेको बताए ।

त्यसअघि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले कार्यक्रमको उद्घाटन गरे । उनले मन्त्रालयले माग गरेअनुसारको बजेट आउन नसकेकोमा गुनासो गरे । उनले अर्थमन्त्रीले वाचा गरेअनुसार बजेट नदिएकोमा अस्नतुष्टि नै पोखे ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव दीपक लामाले यस्ता कार्यक्रमले खेलकुद नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रम संयोजक दीपक श्रेष्ठले सम्मलेनबाट खेलाडीको व्यक्तिगत विकास हुने र मन्त्रालयलाई समस्या बुझ्न सहज हुने आफूले विश्वास लिएको बताए । मन्त्रालयले गत महिना पहिलो बागमती स्पोर्टस अवार्डको आयोजना गरेको थियो ।

सोही अवसरमा पछिल्लो १० महिना गरेको काम र भावि योजनाका बारेमा अडियो भिजुअल प्रस्तुत गरिएको थियो। सचिव अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले तयार पारेको योजनाको बुँदागत जानकारी दिएका थिए।

नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशीले सम्मलेन प्रभावकारी रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले प्रतिस्पर्धाको निष्पक्षता कायम राख्न हेरफेर तथा मिलेमतो रोक्ने प्रयासका बारेमा प्रस्तुति दिए ।

मन्त्रालयले भविष्यमा पनि यस्तो सम्मेलनलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रममा मिसन २०२६ को प्रशिक्षणमा रहेका सहित १ सय भन्दा बढी खेलाडी तथा सरोकारवालाको‌ सहभागिता रहेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.