6 months ago
June 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धरानका प्रो निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटको शीर्षस्थानमा रहँदै नम्बर एक प्रोफेसनल गल्फर बन्न सफल भएका छन्।
टुरको २०२४-२५ सिजनको ८ प्रतियोगितामा ३ उपाधि सहित ८ लाख ६७ हजार ५ सय रुपैयाँ पुरस्कार जित्दै उनी नम्बर एक गल्फर बनेका हुन्। उनले यो सिजनका नम्बर एक गल्फर भुवन नगरकोटीलाई २ लाख ३ हजार रुपैयाँले पछि पारे।
निरज यो सिजन उच्च फर्ममा थिए। उनले ३ उपाधि जित्दा एक प्रतियोगितामा प्रो तर्फ पहिलो भए। दुई प्रतियोगितामा दोस्रो र सिजनको अन्तिम प्रतियोगितामा प्रो तर्फ तेस्रो भए। सबै आठ प्रतियोगितामा उनी उत्कृष्ट तीनमा रहे। जुन अर्को उल्लेखनिय सफलता हो। सिजनभरि उनी एकरुपताको प्रदर्शन गर्न यो सिजन माहिर रहे।
उनले सूर्य नेपाल इस्टर्न ओपन, वेस्टर्न ओपन र एनपिजिए म्याच प्लेको उपाधि जिते। इस्टर्न र वेस्टर्नमा १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे। म्याच प्लेमा ६० हजार रुपैयाँ हात पारे। काठमाडौ ओपनको उपाधि एमेच्योर सदभाव आचार्यले जित्दा प्रो तर्फ पहिलो हुँदै १ लाख २५ हजारको हकदार बने।
सेन्ट्रल ओपनमा संयुक्तरुपमा दोस्रो हुँदै ८७ हजार ५ सय तथा टुर च्याम्पियनसिप र च्यालेन्जमा दोस्रो स्थान हात पारे। टुर च्याम्पियनसिपमा १ लाख र च्यालेन्जमा ७० हजार तथा प्रिमियरमा प्रो तर्फ तेस्रो हुँदै १ लाख २५ हजार रुपैयाँ आफ्नो नाममा लेखाए। कुल ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार जित्दै उनले नम्बर एक खेलाडी भुवनलाई पछि पारेका हुन्।
यो सिजनका नम्बर एक गल्फर भुवनले एउटा पनि उपाधि जित्न सकेनन्। अनि नम्बर एक खेलाडीको स्थानलाई समेत जोगाउन असफल रहे। उनले कुल ६ लाख ६४ हजार ५ सय रुपैयाँ पुरस्कार जित्दै अर्डर अफ मेरिटमा दोस्रो स्थानमा झरे। उनी आगामी सिजन नम्बर २ खेलाडीको रूपमा रहने छन्।

उनले सेन्ट्रल ओपनमा निरजसँग संयुक्तरुपमा दोस्रो स्थान बाँड्दै ८७ हजार ५ सय जिते। काठमाडौ ओपनमा ६८ हजार, इस्टर्न ओपनमा ५८ हजार, वेस्टर्न ओपन ६३ हजार, टुर च्याम्पियनसिप ५३ हजार, एनपिजिए म्याच प्लेमा ११ हजार र च्यालेन्जमा २४ हजार रुपैयाँ प्राप्त गरे।
सात प्रतियोगिता सकिंदा उनी अर्डर अफ मेरिटमा तेस्रो स्थानमा थिए। तर सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियरले उनलाई केहि राहत दियो। उपाधि जित्न नसके पनि प्रो तर्फ पहिलो भए। उनले नगद ३ लाख जिते। यो सँगै तोरण विक्रम शाहीलाई १ लाख ९५ हजार रुपैयाँले पछि पार्दै अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहे।
तोरणले यो सिजन ८ मध्ये सात प्रतियोगिता खेल्दै एक प्रतियोगिको उपाधि जिते। उनले कुल ४ लाख ६९ हजार ५ सय रुपैयाँ पुरस्कार हात पारे। टुर च्याम्पियनसिपको उपाधि जित्न सफल रहे। उनले १२ वर्षपछि घरेलु टुरमा पहिलो पटक उपाधि जित्दै यो सिजनलाई स्मरणीय बनाए।
उनी सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनमा प्रो तर्फ पहिलो हुँदा नगद १ लाख ५० हजार प्राप्त गरेका थिए। काठमाडौ ओपनमा ३५ हजार, वेस्टर्न ओपनमा ३३ हजार ५ सय, म्याच प्लेमा ११ हजार, च्यालेन्जमा ३० हजार प्रिमियरमा ६० हजार रुपैयाँ प्राप्त गरे।

तोरण भन्दा ५९ हजार २ सय ५० रूपैंयाले पछि परेका दिनेश प्रजापति यो सिजन चौथो स्थानमा रहे। उनले कुल ४ लाख १० हजार २ सय ५० को कमाइ गरे। यस्तै ३ लाख ६७ हजार २ सय ५० नगद जितेका सञ्जय लामा पाँचौ, ३ लाख ३९ हजार ७ सय ५० नगद सहित जयराम श्रेष्ठ छैटौं र २ लाख ९४ हजार ७ सय ५० रुपैयाँसहित रवि खड्का सातौं स्थानमा रहे।
धन बहादुर थापा आठौं, भुवन कुमाे रोक्का नवौं र विष्णु प्रसाद शर्मा दशौं स्थानमा रहे। उनीहरूले क्रमश २ लाख ८९ हजार ५ सय, २ लाख ८८ हजार र २ लाख ४८ हजार ७ सय ५० रुपैयाँ हात पारे।
यो सिजन आठ मध्ये सर्वाधिक ३ उपाधि निरजले, दुई उपाधि एमेच्योर राहुलले, एक-एक उपाधि एमेच्योर सदभाव, तोरण र शुक्रले जिते। चोटपछि फर्किएका शुक्रले यो सिजन दुई प्रतियोगिता खेले। उनले च्यालेन्जको उपाधि जित्दा १ लाख १० हजार र प्रिमियरमा ९२ हजार हात पारे। कुल २ लाख २ हजार रुपैयाँसहित अर्डर अफ मेरिटमा १२औं स्थानमा रहे।
यो सिजन कुल ६७ लाख १० हजार रुपैयाँ पुरस्कारको लागि प्रो गल्फरहरूले प्रतिस्पर्धा गर्दा ३८ खेलाडीले नगद पुरस्कार प्राप्त गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]