default_image

6 months ago

June 20, 2025

पुरुषोत्तम र रियाको अग्रता

436 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद)- मंगलादेवी सिंह स्मृति दोस्रो खुुल्ला फिडेे रेटिङ बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन शुक्रवार सातौं चरणको खेल सकिँदा सम्म काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले साढे छ अंक सहित एकल अग्रता लिएका छन् ।

छैटौं चरणको खेलमा फिडे मास्टर क्षितिज भण्डारी संग बराबरी खेलेका पुरुषोत्तमले सातौं चरणको खेलमा काठमाडौका खेलाडी जनार्दन श्रेष्ठलाई हराए।

एफएम क्षितिज भण्डारी , झापाका प्रकाशचन्द्र नेपाल र खोटाङका धिरेन राईले समान ६ अंकसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।

मकवानपुरका क्षितजले सातौं चरणको खेलमा काभ्रेका राहुल चौ प्रधानलाई हराए। प्रकाशले ललितपुरका सरोज महर्जन र पाँचथरका महेन्द्र साम्वाहम्फेलाई पराजित गरे।

धिरेनले छैटौं चरणमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई र सातौ चरणमा सुरज महर्जनलाई हराए।
ज्याठा स्थित अन्नपूर्ण उच्च माविको सभा हलमा भइरहेको प्रतियोगितामा स्याङ्जाका सुशील सुवेदी साढे ५ अंक जोडेर तेस्रो स्थानमा छन् । उनले काठमाडौका राजकुमार राई र सर्लाहीका कमल श्रेष्ठलाई पराजित गरे।

काठमाडौँका सिएमए नवीन तण्डुकार, भगवती प्रसाद शर्मा, जनार्दन श्रेष्ठ, सन्देश श्रेष्ठ, काभ्रेका राहुल चौ  प्रधान, शैलेन्द्र न्यौपाने ,ललितपुरका सरोज महर्जन, झापाका रिसोन थापा र दोलखाका आशिष् फुयालको समान ५ अंक छ।

महिलातर्फ काठमाडौंकी रिया श्रेष्ठले ५ अंक जोडेर शिर्ष स्थानमा छिन् । जुनियर च्याम्पियन रियालाई पछ्याउँदै सर्लाहीका शान्ति धिमाल र काठमाडौँकी बिनिता कपाली समान ४ अंक सहित दोस्रो स्थानमा छन् ।

प्रतियोगिता काठमाडौ महानगरपालिका वडा नं २७ ले आयोजना गरेको हो।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.