6 months ago
June 21, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा चेस क्लबले आयोजना गरिएको विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा ५ विद्यार्थीले विभिन्न छात्रवृत्तिका पुरस्कार प्राप्त गरेका छन्।
मकवानपुर बहुउद्देश्यीय क्याम्पस हेटौंडामा भएको ८ चरणको खेलबाट सिद्धार्थ शिशु सदनका व कृतार्थ ढोडारी ७ अंकसहित विजयी पभएका छन्।
कृतार्थले अन्तिम चरणको खेलमा नवोदय शिशु सदन विद्यालयका नाइस लामालाई डाइरेक्ट इन्काउन्टर विधिमा पराजित गरे । कृतार्थले १ वर्षको छात्रवृत्ति प्राप्त गरे ।
समान ७ अंक जोडेका नाइसले ६ महिनाको छात्रवृत्ति प्राप्त गरे। ६.५ अंक बनाउँदै नवोदय शिशुका सरल मैनाली तेस्रो भए र उनले ३ महिनाको छात्रवृत्ति प्राप्त गरे ।
ज्ञान दीप शिक्षा निकै तन्का विषम कोइरालाले ६ अंक प्रोग्रेसिभ ३० प्वाइन्टका आधारमा चौथो भए र एक महिनाको छात्रवृत्ति प्राप्त गरे।
नवोदय शिशु सदनका श्रीस कर्मचारीले ६ अंक प्रोग्रेसिभ २५ प्वाइन्टका आधारमा पाँचौं भए र एक महिने छात्रवृति प्राप्त गरे ।
दुई दिन चलेको सेमी क्लासिकल खेलमा ६६ जना विद्यार्थीको सहभागिता थियो । विजयी खेलाडीलाई २ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख सूर्य बहादुर दाहालले विजयी खेलाडीहरुलाई छात्रवृत्ति पुरस्कार वितरण गरे।
हेटौडा चेस क्लबलर अर्को वर्ष थप छात्रवृत्ति पुरस्कार सहित दोस्रो संस्करण आयोजना गर्ने धरमबहादुर लामाले जानकारी दिए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]