default_image

6 months ago

June 21, 2025

प्रशासन तथा लेखा तालिम सुरु

277 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम बुढानीलकण्ठमा शनिवार सुरु भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यालयको दैनिक कामकाज सहज बनाउन ३ दिनमा फाइलको विषय टुंगो लगाउने, फाइल ट्रयाकिङ सिस्टम र पौडी पोखरीमा इ टिकटको सुरुआत गरेको बताउदै प्रशासनिक कामकाजमा सुधार गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

दुईदिने तालिममा ५४ कर्मचारी सहभागी छन् ।सहभागीलाई खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटीले योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया, खेलकुद मन्त्रालयका उप–सचिव जगदीश पराजुलीले वित्तिय व्यवस्थापन र भ्रष्टचार नियन्त्रण, महालेखा परिक्षक कार्यालयका नायब महालेखा परिक्षक शंकरप्रसाद पन्थीले प्रशिक्षण दिए।

त्यस्तै निर्देशक केदारप्रसाद खकुरेलले आन्तरिक नियन्त्रण प्रणाली, लेखा परिक्षण, अन्तिम लेखा परिक्षण, बेरुजु र फछ्र्यौट, महालेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले पाम्स सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए ।

दोश्रो तथा अन्तिम दिन कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नियन्त्रक विष्णुहरि वाग्लेले लेखा प्रणालीमा सूचना प्रविधिको प्रयोग सम्बन्धी ज्ञान दिने छन् ।

खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले तालिमको उद्घाटन गर्दै विभिन्न क्षेत्रका विज्ञको संलग्नतामा बेला बेलामा तालिम आयोजना हुनु पर्नेमा जोड दिए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.