6 months ago
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो एमको उपाधि प्रोफेसनल गल्फररामे मगरको टिमले जितेको छ।
गोकर्ण गल्फ कोर्समा आज प्रो रामे तथा टिमले कुल १ सय५९ अंक सहित पहिलो भएको हो। रामेले ४१ तथा एमेच्योरगल्फरहरू विष्णु बहादुर कार्की र नोर्बु छिरिङ शेर्पाले ४०अंक बनाए। सायान बस्नेतले ३८ अंक जोडेका थिए। विजयी एमेच्योर खेलाडीलाई क्यालवे इलाइट ड्राइभर प्रदानगरियो।
प्रो दिनेश प्रजापतिको टिम १ सय ५१ अंक सहित दोस्रो भयो। दिनेशले ४० अंक जोडे। एमेच्योर गल्फरहरू अश्मांककार्की, वाङ्चेन ढोन्डुप र आश्रय बस्न्यातले समान ३७ अंक बनाए।
प्रो तोरण विक्रम शाहीको टिमले १ सय ४४ अंक सहित तेस्रो भयो। तोरणले ३८ अंक बनाए। एमेच्योर गल्फर आशिषमानशेरचनले ३६ तथा तरूण अग्रवाल र लिलाजङ्ग गुरूङलेसमान ३५ अंक जोडे।
महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन्। उनले ३२ अंक बनाइन्। प्रतियोगिताको लङ्गेस्ट ड्राइभको उपाधि संयोग शाहीले र क्लोजेस्ट टु दि पिनको उपाधि स्वदेश गुरूङले जिते।
प्रो एमका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिकाप्रवन्ध निर्देशक रविकुमार रायवरम, सूर्य नेपालका उपाध्यक्ष(कर्पोरेट अफेयर्स) रवि केसी, नेपाल प्रोफेसनल गल्फर्सएसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाल गल्फसंघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्षसुहृद घिमेरे र क्लब क्याप्टेन जोसेफ नाथनले पुरस्कारवितरण गरे।
प्रो एममा २८ प्रो र १ सय १२ एमेच्योर गरी कुल१ सय ४० जनाको सहभागिता थियो। सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियरको उपाधि एमेच्योर राहुल विश्वकर्माले जितेका थिए। उनले समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै दोस्रो उपाधि जितेका हुन्।
समग्रमा १९-अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी प्रो तर्फ पहिलो भएका थिए। उनले नगद ३ लाख रुपैयाँ प्राप्त गरे। एमेच्योर सदभाव आचार्य समग्रमा १८-अन्डर २ सय ७० को स्कोरमा तेस्रो भएका थिए। सिजनको अन्तिम प्रतियोगितामा ३७ प्रो र १८ एमेच्योर गरी ५५ खेलाडीले भाग लिएका दिए।
सिजनको अन्त्यसँगै धरानका प्रो निरज तामाङ सूर्य नेपालगल्फ टुर २०२४-२५ को अर्डर अफ मेरिटको शीर्षस्थानमा रहँदै नम्बर एक प्रोफेसनल गल्फर बन्न सफल भएका छन्।
टुरको २०२४-२५ सिजनको ८ प्रतियोगितामा ८ लाख ६७हजार ५ सय रुपैयाँ पुरस्कार जित्दै उनी नम्बर एक गल्फर बनेका हुन्। यो सिजन आठ मध्ये सर्वाधिक ३ उपाधिनिरजले, दुई उपाधि एमेच्योर राहुलले, र एक-एक उपाधिएमेच्योर सदभाव, तथा तोरण र शुक्रले जिते।
यो सिजन कुल ६७ लाख १० हजार रुपैयाँ पुरस्कारको लागि प्रो गल्फरहरूले प्रतिस्पर्धा गर्दा ३८ खेलाडीले पुरस्कार प्राप्त गरे।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]