default_image

6 months ago

June 23, 2025

गल्फ खेलको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

494 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा गल्फ ओलम्पिक सोलिडारिटी कोर्स आज सुरु भएको छ। कोर्स तीन दिनसम्म गोकर्ण गल्फ क्लबमा हुनेछ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी), अन्तराष्ट्रिय गल्फ महासंघ (आइजेएफ) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा एनजिएले पहिलो पटक गल्फको सोलिडारिटी कोर्स गरेको हो।

कोर्स अस्ट्रेलियन पिजिएका कोचिङ कार्यक्रम प्रबन्धक निक बिएलाव्स्कीको नेतृत्वमा सञ्चालन हुनेछ। उनलाई तरूण सरदेशाई गल्फ एकेडेमीका संस्थापक तरूण सरदेशाईले प्रशिक्षण दौरान सहयोय गर्नेछन्। कोर्स २१ घन्टाको हुने एनजिएले जनाएको छ।

कोर्समा गल्फ खेलको प्रशिक्षण सम्बन्धित विभिन्न पक्षलाई समेटिनेछ। कोर्समा देशभरका विभिन्न गल्फ क्लबबाट प्रशिक्षक तथा खेलाडी गरी कुल २५ जनाको सहभागिता रहेको छ।

एनजिएका अध्यक्ष टासी घलेले आइओसी, आइजेएफ र एनओसीप्रति धन्यवाद दिंदै भने, ‘हामीले यो कोर्स सञ्चालनको लागि लामो समयदेखि प्रतिक्षा गरेका थियौं । सिकाइको अवसरलाई तपाईंहरुले भरपुर उपयोग गर्नुहोला ।’

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.