6 months ago
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक क्षितिज अरुण श्रेष्ठको निधन भएको छ।
लामो समयदेखि उपचार गराइरहेका काठमाडौं ढल्कोका ५५ वर्षिय श्रेष्ठको पाटन अस्पतालमा उपचारको क्रममा आइतवार राति साढे ८ बजे निधन भएको हो। पशुपति आर्यघाटमा आज उनको अन्त्येष्टि गरिएको छ । उनको एक श्रीमती र एक छोरी छन्।
लामो समय खेलकुद पत्रकारिता र फोटो पत्रकारिता गरेका श्रेष्ठले विभिन्न सञ्चार माध्यममा काम गरे ।
नेपाल ओलम्पिक संग्रहालयका संस्थापक श्रेष्ठले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गर्दै खेलकुद सम्बन्धि पुस्तकहरु प्रकाशन गरेका थिए ।
नेपाल स्टिक स्पोर्ट्स संघका सचिव समेत रहेका विजनेश डाटा नेपाल प्रालिका प्रबन्ध निर्देशक हुन् । उनले नेपालका विशिष्ट महिलाहरुको फोटो प्रदर्शनी गरेका थिए ।
खेलकुद पत्रकार मञ्चले आफ्नो संस्थापकको निधन प्रति शोक व्यक्त गरेको छ। २०५२ सालमा स्थापना भएको मञ्चका ११ संस्थापक मध्ये श्रेष्ठ एक हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]