6 months ago
June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल २९ औं एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुगेको हो ।
३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रि क्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।
नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन् । नेपालको समूहमा भारत र साउदी अरबिया छन् ।
नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो । प्रि क्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]