6 months ago
June 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- किङ्स कलेजले हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
किङ्सले आज भएको फाइनलमा टेकस्पाएर कलेजलाई २-१ ले हराउँदै च्याम्पियन बनेको हो ।
त्यसअघि सेमिफाइनलमा टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४-३ ले र किङ्सले एनसिएमटी कलेजलाई ३-० ले हराउदै फाइनल भेट पक्का गरेका थिए।
ग्लोबल कलेजले तेस्रो भएको छ। एनसिएमटीलाई १-० ले हराउँदै ग्लोबल तेस्रो भएको हो । विजेताले ९० हजार, दोस्रोले ४० हजार र तेस्रो टोली २० हजार रुपैयाँ प्राप्त गर्यो ।
सविन पराजुली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। सालिन अवाल उत्कृष्ट गोलकिपर, सनम महर्जन उत्कृष्ट डिफेन्डर चुनिए। सुवर्ण आचार्य उच्च गोलकर्ता रहे ।

किङ्सका आरोन गुरुङ उत्कृष्ट प्रशिक्षक, टेकस्पाएरका ऋषभ उत्कृष्ट व्यवस्थापक तथा लिटिल एन्जल्स कलेजले फेयर प्ले अवार्ड प्राप्त गर्यो ।
तीन दिन सम्म चलेको प्रतियोगितामा २८ टोली सहभागी थिए । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरि लिगकम नकआउट आधारमा खेलाइएको थियो।
हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टोलीको सहभागिता थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]