default_image

6 months ago

June 27, 2025

चितवनमा खो खोको प्रशिक्षक प्रशिक्षण सुरु

296 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

चितवनमा खो खो खेल क्षमता अभिवृद्धि प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति चितवनले प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोगमा ५ दिने तालिम आयोजना गरेको हो ।

तालिमको आज जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमकाबीच प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले उद्घाटन गरे ।

लामाले प्रदेशमा खेलकुद ऐन बनिरहेको बताए । उनले ऐन बनेपछि खेलकुदका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरे । यस्तै उनले तालिम उपलब्धिमूलक बनाउन आग्रह गरे ।

उनले तालिमबाट दक्षता हासिल गर्दै खो खो खेलमा विकासका लाग्न सम्पूर्ण प्रशिक्षार्थी प्रशिक्षकहरुलाई आग्रह गरे ।

खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जनले यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताए । उनले हाल खो खो खेलमा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढिरहेको बताए । यस कारण पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गोविन्द्र पुरीले तालिमको सफलताको कामना गरे । उनले यसलाई उपलब्धिमूलक बनाउन पनि आग्रह गरे ।

असार १८ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेश अन्तर्गतका १२ जिल्लाबाट प्रशिक्षार्थी प्रशिक्षकहरु सहभागी छन् । उनीहरुलाई खो खो प्रशिक्षक लक्ष्मीनारायण वैद्य र दीलिपकुमार महर्जनले प्रशिक्षण दिनेछन् ।

खो खो सम्बन्धी क्षमता अभिवृद्धिका लागि यो तालिम आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले बताए।

५ महिना अघि मात्रै भएको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाल उपविजेता भएको थियो । नेपालको महिला र पुरुष दुवै टोली फाइनल प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको थियो । जुन कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेको पहिलो पटक थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.