default_image

6 months ago

June 27, 2025

मदन स्मृति नेकोस चेस सुरु

502 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बुद्धिचाल सङ्घ र हेटौंडा चेस क्लबले संयुक्त आयोजना मदन स्मृति नेकोस यु-१५ विद्यालय स्तर राष्ट्रव्यापी चेस प्रतियोगिता सुरु भएको छ। 

तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रवार ४ चरणको प्रतिस्पर्धामा डिएभी स्कुल धोबीघाट, नाइटिङ्गेल इन्टरनेसनल स्कुल कुपण्डोल, इन्टरनेसनल पब्लिक स्कुल महेन्द्रनगर, कञ्चनपुर र सूर्योदय बोर्डिङ स्कुल काठमाडौं अगाडि छन्।

राष्ट्रब्यापी बिद्यालय स्तर चेस खेलमा डिएभीका १६१४ रेटेड हर्षवर्धन राठी, नाइटिङ्गेल स्कुलका अनरेटेड सुभनदीप थापा, इन्टरनेसनल स्कुलका १७३५ रेटेड सार्थक पन्त र सूर्योदय स्कुलका १६२५ रेटेड अग्रिम सैंजुले शतप्रतिसशत जित निकाल्दै संयुक्तरुपमा अग्रता लिएका छन्। 

दुईदिन चल्ने यस प्रतियोगितामा बानेश्वरका प्रज्ञाकुञ्ज स्कुल, बुढानीलकण्ठका इम्पेरियल वर्ल्ड स्कुल, कीर्तिपुरका पुष्प सदन बोर्डिङ स्कुल, बसुन्धरा नेसनल एकेडेमी र दथुलँ, ललितपुरका त्रियुगा लिटिल फ्लावर सेकेन्डरी स्कुल संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्।

प्रज्ञा कुञ्जका १६४७ रेटेड कसिभ कार्की, इम्पेरियलका अनरेटेड अग्रता आचार्य, पुष्प सदनका १५४६ रेटेड हार्दिक पन्त, वसुन्धराका १६९९ रेटेड अविन पाण्डे र त्रियुगका अनरेटेड हृदय बस्नेतले ३.५ अंक जोडेका छन्।

स्पर्धामा १ सय २० जना विद्यार्थीहरूको सहभागिता छ। बाँकी ४ खेल शनिवार हुनेछ। सेमी क्लासिकल ३० मिनेट प्लस ३० सेकेन्ड इन्क्रिजमेन्ट, स्विस लिग प्रणालीको बुद्धिचाल खेलमा जोड दिइरहेको सभा अध्यक्ष धर्मबहादुर लामाले बताए। 

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.