default_image

5 months ago

June 28, 2025

‘स्कुल टु ओलम्पिक’को समापनमा सौराहामा वाकाथन

285 views

0 Bookmark

सुशील पन्त क्षेत्री, सौराहा

स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा आज बिहान चितवनमा वाकाथन भएको छ ।

वाकाथनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

सौराहाको हात्तीचोकबाट रिभर साइडसम्म वाकाथन भएको थियो । प्रदेश खेलकुद परिषद्को आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिक कार्यक्रम समापनको अवसरमा आज दिउँसो ४ बजे चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मानका कार्यक्रम सौराहाको पार्क सफारीमा हुँदैछ ।

कार्यक्रममा नेपालबाट ओलम्पिकमा सहभागी ओलम्पियनहरुको उपस्थिति रहनेछ । नेपालमा सन् १९६४ देखि २०२४ सम्म १ सय भन्दा बढीले ओलम्पिकमा भाग लिइसकेका छन् । आज सन् १९९२, १९९६ र २००० का ओलम्पियनलाई सम्मान गरिने एसोसिएसनले जनाएको छ।

ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो । आज बिहान स्कुल टु ओलम्पिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.