default_image

6 months ago

June 28, 2025

‘स्कुल टु ओलम्पिक’को समापनमा सौराहामा वाकाथन

293 views

0 Bookmark

सुशील पन्त क्षेत्री, सौराहा

स्कुल टु ओलम्पिक कार्यक्रमको समापनको अवसरमा आज बिहान चितवनमा वाकाथन भएको छ ।

वाकाथनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा, ओलम्पियन, खेलाडी, विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

सौराहाको हात्तीचोकबाट रिभर साइडसम्म वाकाथन भएको थियो । प्रदेश खेलकुद परिषद्को आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिक कार्यक्रम समापनको अवसरमा आज दिउँसो ४ बजे चौथो ओलम्पियन पुर्नमिलन तथा सम्मानका कार्यक्रम सौराहाको पार्क सफारीमा हुँदैछ ।

कार्यक्रममा नेपालबाट ओलम्पिकमा सहभागी ओलम्पियनहरुको उपस्थिति रहनेछ । नेपालमा सन् १९६४ देखि २०२४ सम्म १ सय भन्दा बढीले ओलम्पिकमा भाग लिइसकेका छन् । आज सन् १९९२, १९९६ र २००० का ओलम्पियनलाई सम्मान गरिने एसोसिएसनले जनाएको छ।

ओलम्पियन्स एसोसिएसनले चार वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो । आज बिहान स्कुल टु ओलम्पिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.