6 months ago
June 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुष्प सदन स्कुलका हार्दिक पन्तले मदन स्मृति नेकोस यु १५ विद्यालय स्तर राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
आठौं चरणसम्मको खेलमा ७ खेलमा जित र एक खेलमा बराबरी गर्दै साढे ७ अंक सहित उपाधि जितेका हुन्। उनले ट्रफी र २५ हजार रुपैयाँ प्राप्त गरे।
हार्दिकले अन्तिम चरणको खेलमा पभलियन चेस एकेडेमीका कौशिक कार्कीलाई पराजित गरे।
एसियन पब्लिक स्कुलका दिपेन मैनाली दोस्रो र बसुन्धरा नेशनल एकेडेमीका अविन पाण्डे तेस्रो स्थामा भए । दिपेनले १५ हजार र अविनले १० हजार रुपैयाँ प्राप्त गरे ।
संस्कार गुरुकुलका आशिर्वाद थापा चौथो , पभेलियन चेस एकेडेमीका सुनन्द थापा पाँचौ भए। उनीहरुले समसन ५ हजार रुपैयाँ प्राप्त गरे।
त्यसैगरी कौशिभ कार्की छैंटौं , इन्टरनेसनल पब्लिक स्कुलका सार्थक पन्त सातौं, पभेलियनका हर्षबर्धन राठी आठौं ,लिटल बुद्ध एकेडेमीका शुभम् जोशी नवौं र पभेलियनका ओस्कर पन्थी दसौं भए । उनीहरुले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।

यु- ९ तर्फ लेवोट्री स्कुलका छात्रामा अंकुर पोखरेल र छात्रमा अग्रता आचार्य उत्कृष्ट भए । यु – ११ मा हिमालयन चेस एकेडेमीका निहाना श्रेष्ठ छात्र र साहश श्रेष्ठ पहिलो भए। त्यस्तै मार्भलोसका बृजन्दास छात्र र छात्रामा उजिभनी कँडेल प्रथम भए ।
मदन भण्डारीको स्मृतिमा राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लबले संयुक्त रुपमा आयोजना प्रतियोगितामा ४० स्कुलमा १ सय २ खेलाडी सहभागिता थियो।
हेटौंडा चेस क्लबका अध्यक्ष धरम बहादुर लामाको अध्यक्षतामा भएको समापनमा बागमती प्रदेशका पूर्व श्रम तथा यातायात मन्त्री माननीय एकालाल श्रेष्ठ , नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन कोषाध्यक्ष ताराबहादुर रानाभाट लगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]