default_image

6 months ago

June 28, 2025

एपिएफलाई महिला ह्याण्डबल उपाधि

600 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ क्लबले गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि जितेको छ।

पोखरा रङ्गशालामा आज भएको विभागीय डर्वीको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३१–१७ गोल अन्तरले हरायो। उपाधिसँगै एपिएफले १ लाख रुपैयाँ पार्यो। आर्मीले ५० हजार प्राप्त गर्यो ।

आर्मीकी दुर्गा बोहोरा उत्कृष्ट खेलाडी बनिन्।  एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक चुनिए।

आजै सेमीफाइनलमा एपिएफले कोशी प्रदेशलाई २३–२ ले र आर्मीले गण्डकीलाई २१–१२ ले हराउँदै फाइनलमा पुगेको थियो।

प्रतियोगितामा कोशी प्रदेश तेस्रो भयो। कोशीले गण्डकी प्रदेशलाई ११–५ ले पराजित गर्यो। उसले नगद ३० हजार प्राप्त गर्यो।

तीन दिनसम्म चलेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो । लिग कम नकआउटका आधार भएको प्रतियोगितामा आयोजक गण्डकीसहित बागमती , मधेश , लुम्बिनी र कर्णाली तथा तीन विभागीय टिमले भाग लिएका थिए।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.