6 months ago
June 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोली ललितपुर क्विन्सले उत्सव खड्कालाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।
जिम्मेवारी दिएको छ।
गत वर्ष खड्काको नेतृत्वमा ललितपुर क्विन्सले इडब्लुभिएलको फाइनल पुगेको थियो। गत सिजन उपाधि नजिक पुगेर चुकेको पीडा अझै ताजा रहेको बताउँदै खड्काले भने, ‘अघिल्लो सिजन फाइनलमा उपाधि गुमाउँदा हाम्रो मन टुटेको थियो। यसपटक त्यो घाउ निको पार्न उपाधि जित्ने लक्ष्यसहित अघि बढ्नेछौं।’
प्रशिक्षक खड्काले क्लबप्रति आभार व्यक्त गर्दै थपे, ‘ललितपुर क्विन्सले फेरि ममाथि विश्वास गरेकोमा धन्यवाद दिन चाहन्छु। यस सिजन उपाधि हाम्रो सुन्दर सहर ललितपुरमा ल्याउनेछौं।’
एफआइभिबी लेभल ३ सर्टिफाइड खड्का नेपालका सफल प्रशिक्षकमध्ये एक हुन् । ललितपुर क्विन्सले खड्काको पुनरागमनलाई गर्वका रुपमा लिएको छ र उनको नेतृत्वमा टोली अझै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको आइतवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
इडब्लुभिएल भदौ २० देखि २८ गते ( सेप्टेम्बर ५ देखि १३ सम्म ) आयोजना यसअघि नै सार्वजनिक गरिएको थियो छ। गत सिजन ललितपुरलाई हराउँदै कर्णाली यश्विजले उपाधि जितेको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]