6 months ago
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले अर्को वर्ष जापानमा आयोजना हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३१ खेल दर्ता गराएको दाबी गरेको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आज पत्रकार सम्मेलन गरेर ३० खेल दर्ता गरेको जानकारी दिए केहि घन्टा नबित्दै ३१ खेल मन्त्रालयमार्फत दर्ता भएको दाबीसहित प्रेस विज्ञप्ति जारी गरेको हो।
मन्त्रालयले दर्ता गरेको भनिएको ३१ खेलमा एनओसीले दर्ता नगरेको ९ खेल सामेल छ। जसमा तेक्वान्दो, जिम्न्यास्टिक, इक्वेस्ट्रियन, फुटबल, फेन्सिङ, सुटिङ, ट्रायथलन, ह्यान्डबल, र रोइङ छन्।
एसियाड आयोजकलाई गरिएको विशेष अनुरोधपछि ३१ खेल दर्ता भैसकेको र आयोजकबाट पत्र समेत प्राप्त भएको मन्त्रालयको सचिवालयले हाम्रो खेलकुद डटकमसँग दाबी गरेको छ ।
यस विषयमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल दर्ता एनओसी बाहेक कसैले पनि गर्न नसक्ने दाबी गरे। उनले मन्त्रालयले भ्रम फैलाएको आरोप समेत लगाएका छन्।
लामो समयदेखि विवाद गर्दै आएका खेलकुद मन्त्रालय र एनओसीको सहभागिताका विषय अर्को विवाद थपिएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अवैध ठहर गरेको जीवन राम श्रेष्ठको नेतृत्वमा रहेको एनओसीले गरेको कुनै पनि कार्यलाई वैध मान्न नसक्ने भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ।
आयोजक समिति ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) बाट कुनै आधिकारिक पत्र प्राप्त नभइसकेको अवस्थामा अवैध एनओसीबाट गरिएको कुनै पनि पत्राचारलाई सरकारी मान्यता दिन नमिल्ने पनि विज्ञप्तिमा भनिएको छ।
खेलकुद मन्त्रालयले एसियाडका लागि दर्ता भएको दाबी गरेको खेल
एथलेटिक्स, बक्सिङ, क्रिकेट, तेक्वान्दो, कबड्डी, कराते, इ-स्पर्ट्स, उसु, जिम्न्यास्टिक, पौडी, जुडो, टेबल टेनिस, भलिबल, साइकलिङ, इक्वेस्ट्रियन, फुटबल, फेन्सिङ, गल्फ, सुटिङ, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, बास्केटबल, ब्याडमिन्टन, हकी, सफ्ट टेनिस, ह्यान्डबल, स्क्वास, रग्बी, रोइङ
एसियाडका लागि एनओसीमार्फत दर्ता भएका खेल
एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ-स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्टस क्लाइम्बिङ्ग, स्कावस, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारतोलन, कुस्ती, उसु

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]