6 months ago
July 2, 2025
बुटवल (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही जिल्लाको नयाँ कार्यसमिति चयन भएको छ ।
अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आज आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान गरिएको छ। जिल्ला भेलाले हाम्रो खेलकुदका लुम्बिनी प्रदेश संयोजक सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्व सम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल रहेकी छन् । सदस्यमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

सोहि कार्यक्रममा मञ्चले खेलकुद क्षेत्रमा योगदान क्रिकट प्रशिक्षक शक्ति गौचन र भलिबल प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरियो । उपचारार्थ खेल पत्रकार मनोरञ्जन शर्मालाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ।
त्यसअघि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो गोलकिपर मोतीकला गुरुङले उद्घाटन गरिन् । अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले मोफसलको खेलकुद गतिविधिलाई खेल पत्रकारिताका माध्यमबाट अगाडि बढाउन आग्रह गरे । उनले विधागत रुपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, प्रशिक्षक गौचनले खेलकुद पत्रकारिताको फस्ट्याउनका लागि खेल गतिविधिहरु नियमित हुनु पर्ने बताउँदै त्यसमा खेल पत्रकारले सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]