5 months ago
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हकी संघको आयोजनामा पहिलो पटक राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने भएको छ ।
नेपालमा पहिलो पटक फाइभ ए साइड इन्डोर हकी प्रतियोगिता हुन लागेको हो । भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ
प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब गरि ६ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल हकी संघकी महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिइन् । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो टोलीले २५ हजार रूपैयाँ प्राप्त गर्नेछ ।
समूह ‘ए’ मा कोशी, बागमती र सुगूरपश्चिम तथा ‘बी’ मा आर्मी, गण्डकी र मधेश छन् । यस प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने बताइएको छ ।
फाइभ ए साइडमा कुल २० मिनेटको खेल हुनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले ट्रफी पाउनेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]