default_image

5 months ago

July 3, 2025

बिर्तामोडको रेड स्टार एफसीको अध्यक्षमा राउत

317 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

झापा बिर्तामोडको रेड स्टार फुटबल क्लबको अध्यक्षमा देवेन्द्र राउत निर्वाचित भएका छन् । आज बिर्तामोडमा भएको दोस्रो अधिवेशनले राउतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा लबकुमार चौधरी, उपाध्यक्षमा प्रवीण गौतम, सचिवमा प्रेमकृष्ण श्रेष्ठ, सहसचिवमा सडकलाल राजवंशी र कोषाध्यक्षमा ममता भट्टराई सर्वसम्मत चुनिएका छन् ।

त्यस्तै, सदस्यमा भुवन तामाङ, मनिष शंकर, निकेश लिम्बू, रमेश गुरुङ, वासु उप्रेती, किरण थापा, झलकसिंह राजवंशी र नारायण गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिमा श्रेष्ठले तेस्रो कार्यकाल पनि सचिवमा दोहोर्‍याएका छन् भने सदस्यमा निर्वाचित शंकर टिम व्यवस्थापकका रुपमा रहेको निर्वाचन समितिका संयोजक हिमाल बस्नेतले जानकारी दिए ।

यसअघि क्लबका अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतमा भएको खुलासत्रमा प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले शुभकामना व्यक्त गरे‌ ।

क्लबका सहसचिव लबकुमार चौधरीले सञ्चालन गरेको कार्यक्रममा फुटबल प्रशिक्षक प्रवेश कटुवाल, नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा एमालेका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड-५ का वडा अध्यक्ष रोहित प्रसाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्लबले कोशी प्रदेशका विभिन्न आधा दर्जनभन्दा बढी फुटबल प्रतियोगितामा उपाधि जितेको छ । दर्जनभन्दा बढी प्रतियोगितामा उपविजेता बनेको छ ।

अधिवेशनकै सन्दर्भका अध्यक्ष विश्वकर्मालाई सम्मान गरिएको थियो । क्लबमा उनले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.