5 months ago
July 5, 2025
हिमाल खरेल, दमक
झापाको दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो ।
साउन २ र ३ गते हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको क्लबका सचिव हिरामणि खड्काले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमका बारे तयारी सुरु गरिएको हो ।
सचिव खड्काका अनुसार प्रतियोगिता दमक-५ स्थित बिस्ट फुटसल मैदानमा हुनेछ । प्रतियोगितामा दमकसहित झापा, मोरङ, सुनसरी र इलामका दुई दर्जन फुटसल टिमले भाग लिने उनले बताए ।
प्रतियोगिताको विजेताले ७० हजारसहित ट्रफी र दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याच, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीसहित विभिन्न विधागत पुरस्कारहरु समेत प्रदान गरिने क्लबले जनाएको छ ।
दमकमा २०४८ सालमा स्थापना भएको क्लब अखिल नेपाल फुटबल संघमा पनि आबद्ध रहेको छ । त्यस्तै, पूर्वी नेपालमा हुने फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
दमकमा स्थानीयस्तरमा फुटबलको प्रवर्धन गर्दै फुटबल प्रतियोगिता आयोजना गरिरहेको क्लबले पहिलोपटक फुटसल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]