default_image

5 months ago

July 5, 2025

प्रोत्साहन भत्ता दिने प्रदेश सरकारलाई एसोसिएसनले धन्यवाद दियो

323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसियसनले आफ्नो प्रदेशका ओलम्पियनका लागि मासिक प्रोत्साहन भत्ता उपलब्ध गराएको गण्डकी प्रदेश तथा प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेकोमा बागमती र सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद दिएको छ।

एसोसिएसनको नयाँ कार्यसमितिको आज बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको बताइएको छ। त्यस्तै प्रदेश खेलकुद परिषद् बागमतीलाई स्कुल टु ओलम्पिकको समापनका अवसरमा ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम आयोजना गरिदिएकोमा धन्यावाद ज्ञापन गरेको छ।

एसोसिएसनको संयोजनमा असार १४ गते चितवनको सौराहामा कार्यक्रम आयोजना भएको थियो। बैठकले कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गरेकोमा एसोसिएसनले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुदका सदस्य सचिव दीपक लामासहित रत्ननगर नगरपालिका, जिल्ला खेलकुद विकास समितिसहित सहयोगी सबैलाई आभार व्यक्त गरेको जनाएको छ।

कार्यक्रमको भोलि पल्ट सौराहामा नै  एसोसिएसनको चुनावी साधारणसभा भएको थियो उल्लेख गर्दै एसोसिएसनका महासचिव राजेन्द्र भण्डारीले जारी गरेको विज्ञप्तिमा दीपक विष्टको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको जनाएका छन् ।

बैठकले सल्लाहकार समितिको गठन गरेको छ । जसमा जीतबहादु केसी, बैकुण्ठ मानन्धर, सुरेन्द्र हमाल, पार्वती थापा र पुष्पराज ओझा रहेका छन्। नेपालबाट ओलम्पिकमा सहभागी हुने पहिलो महिला थापाबाहेक ४ जना यसअघि पनि सल्लाहकार थिए।

त्यस्तै एसोसिएसनले कानुनी सल्लाहकारमा रोहिणीकुमार दाहाल, प्रेस सल्लाहकार महेश आचार्यलाई निरन्तरता दिइएको छ।
बैठकले

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.