default_image

5 months ago

July 9, 2025

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

837 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा तेस्रो थाउलो वल्ड कपका कास्य पदक विजेता विजय सिँजालीलाई ६५ लाख रुपैयाँ पुरस्कारसहिरत सम्मान गरिएको छ।

जापानमा गत वर्ष कात्तिक ७ देखि १२ गतेसम्म जापानमा आयोजनामा भएको जापानमा वल्ड कपमा विजयले पदक जितेका थिए। नेपाली उसुमा त्यो अहिलेसम्मको ठूलो सफलता हो ।

काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ। । श्रीलंकामा असोज २० देखि २६ आयोजित काभा यु २० मा नेपाल दोस्रो भएको थियो।‌ काभा त्यो प्रतियोगिता पहिलो पटक आयोजना गरेको थियो।

छैटौँ एसियन महिला कबड्डी च्याम्पियन कास्य पदक विजेता महिला टोलीलाई जनही १ लाख ५० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ।‌दरले पुरस्कार दिइएको छ । च्याम्पियनसिप इरानमा फागुन २० देखि २५ गतेसम्म आयोजना भएको थियो।

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्था बमोजिम असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको बताइएको छ ।

साथै एसिसी यु–१६ इस्ट जोन कप क्रिकेटको विजेता युवा टोलीलाई प्रधानमन्त्री ओलीले बधाई दिँदै तथा स्वागत गरे ।

मलेसियामा असार ८ देखि २१ गतेसम्म भएको एसिसी यु–१६ इस्ट जोन कपमा सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।‌

प्रधानमन्त्री ओलीले आफूहरूले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे।

‘हामीले सङ्गठितरुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडी व्यवसायिकरुपमा अगाडि बढेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षकलगायतलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु ।’

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.