default_image

5 months ago

July 10, 2025

करिब ११ करोडमा खेलकुदका दुईवटा संरचना निर्माण

399 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्।

नवनिर्मित दुवै संरचना नेपाली खेलकुदमा पहिलो पटक निर्माण गरिएको हो। प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै दुबै संरचना अवलोकन गर्दै उपकरणबारे जानकारी लिए। साथै उनले आउटडोर स्विमिङ पुल र हिटिङ स्विमिङ पूलको पनि निरीक्षण गरे।

राखेपले स्थापना गरेको हाइ परफमेन्स सेन्टरमा ७ हजार ५ सय ७८ वर्गफिट क्षेत्रफलमा १ सय जनासम्मले एकै पटक प्रशिक्षण लिन सक्ने सुविधा छ।

यो सेन्टरमा ४ हजार ९६ वर्गफिटको जिम हल रहेको छ। जसमा १० वटा बाथरुम, ३० जनासम्मका लागि चेन्जिङ र लकर रुम, कार्यालय कक्ष, भण्डारण कोठा, थेरापी र स्टिम रुमसहित अत्याधुनिक फिटनेस उपकरण ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, स्क्वाट स्टेन्ड, स्मिथ मेशिन, ओलम्पिक फ्लेट स्टेन्ड आदि जडान गरिएको छ।

त्यस्तै, अनुसन्धान केन्द्रमा खेलाडीको समग्र क्षमता परीक्षण गर्न सकिने प्रविधियुक्त उपकरणहरू जडान गरिएको छ। जसमध्ये पोर्टेबल भीओ टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, मोसन ट्र्याकिङ, बायोमेकानिक्स फुल सिस्टम, टाइमिङ गेट, डुएल प्लेट, इलेक्ट्रोनिक ग्रिप स्ट्रेन्थ डाइनोमिटर लगायत छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बीच पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाएको बताए। उनले सेन्टरको सदुपयोग गर्दै खेलाडीलाई अझै व्यवसायिक र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे।

साथै प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको सीमित क्षमताका कारण सूर्यविनायक, भक्तपुरमा २५–५० हजार दर्शक अट्ने नयाँ रंगशाला निर्माण गर्ने योजना रहेको पनि घोषणा गरे।

नेसनल हाइ पर्फमेन्स सेन्टर करिब ७ करोड र स्पोर्टस साइन्स रिसर्च सेन्टर ४ करोडको लगानीमा तयार गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हाम्रो खेलकुद डटकमलाई बताए।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.