5 months ago
July 12, 2025
ललितपुर (हाम्रो खेलकुद)- फिडे मास्टर क्षितिज भण्डारीले महालक्ष्मी चेस एकेडेमीकाे आयोजनामा जेजे एस क्याफे दोस्रो ब्लिज रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन्।
स्विस लिग प्रणाली अनुसार नवौं चरणको एकदिने द्रुतगतिको खेलमा क्षितिजले ८ खेलमा जित र एक खेलमा बराबरी खेली साढे ८ अंकसहित ट्रफि जितेका हुन्।
अन्तिम खेलमा ललितपुरका सानुराजा बज्राचार्यलाई पराजित गरेका क्षितिजले ८ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै समान साढे ८ अंक नै जोडे पनि दोलखाका आशिष फुयाल ट्राईबेकरमा क्षितिजसंग पछि पर्दै दोस्रो स्थानमा रहे । साढे ७ अंक लिएका राजन पुरी ललितपुरका तेस्रो स्थान प्राप्त गरे।
आषिशले ललितपुरका सरोज महर्जन र राजनले काठमाडौका प्रेमकृष्ण महर्जनलाई हराएका थिए ।
ललितपुरका सरोज महर्जन चौथो र फिडे मास्टर रुपेश जैशवालले पाँचौ स्थान प्राप्त गरे।
झापाका प्रकाश नेपाल छैटौं , पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली सातौं ,झापाका सजल न्यौपाने आठौं , सुनसरीका मुहान नर्सिङ श्रेष्ठ नवौं र ललितपुरका सानुराजा बज्राचार्य दसौं भए ।
महिलातर्फ महालक्ष्मी चेस एकेडेमीका ग्लोसी श्रेष्ठ विजयी भइन् । झापाका पुनम प्रसाईं दोस्रो र कुसुम घिसिङ तेस्रो भइन् ।
१ सय ३२ जना खेलाडी सहभागी रहेको प्रतियोगितामा भेट्रानमा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार उत्कृष्ट भए । १८०० मुनि रेटेडतर्फ काठमाडौका कुमार महर्जन र १६०० मुनि सुदिन नेपाल पहिलो स्थानमा रहे।
यु – प्रलेस महर्जन र यु १२ सातुकमान तुलाधर उत्कृष्ट भए।
आयोजक कमिटीका हरिकुमार श्रेष्ठ, नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जनले विजेता खेलाडीलाई पुरस्कृत गरे।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]