default_image

5 months ago

July 15, 2025

राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग

493 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामाग्री तथा स्वास्थ्य परिक्षण उपकरण सहयोग स्वरुप मंगलवार हस्तान्तरण गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँ बराबरको विभिन्न ३४ प्रकारका सामाग्री हस्तान्तरण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राखेपका उपाध्यक्ष ध्रुव आचार्यले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिदै सामाग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सदस्य सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउदै हरेक वर्ष सहयोगले निरन्तरता पाउने प्रतिबद्धता पाएको बताए ।

सदस्य–सचिव घिसिङले २० औं एसियाली खेलकुद आउन १३ महिना मात्र बाँकी रहेकाले यो समय पेचिलो भएको बताउदै दृढ संकल्पकासाथ प्रशिक्षण अगाडि बढाउनु पर्नेमा जोड दिए ।

उनले अबको दुई हप्ताको अवधिमा मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुको शारीरिक र खेलगत अवस्थाको परिक्षण गरिने बताउदै त्यसपछि खेल संघसंग समन्वय गरी प्रशिक्षणलाई अगाडि बढाइने बताए ।

डेपुटी चिफ दि मिसन वाङले सहयोगले नेपाली खेलकुदको विकास थोरै भएपनि टेवा पुग्ने बताउदै विगतमा पनि खेल क्षेत्रमा सहयोग गरेको स्मरण गरे ।
युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहताले चीन सरकारले विगतका दिनमा सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ, विभिन्न विभागका प्रमुख, मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.