5 months ago
July 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्रालयले आज राष्ट्रिय खेल संघ र महासंघका पदाधिकारीसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कार्यक्रम गरिएको थियो।
कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले राष्ट्रिय खेल संघका आर्थिक श्रोत, अन्तर्राष्ट्रिय संघ/महासंघबाट प्राप्त सहयोग, प्रायोजन, टिकट विक्री, प्रशिक्षण शुल्क, खेलाडी ग्रेडिङ र लाइसेन्स विवरण, भौतिक संरचना तथा बजेट बारे कार्यपत्र पेश गरेका थिए ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको खेलकुद गुणात्मक सुधारको बाटोमा गइरहेको बताउँदै मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको प्रशिक्षणमा रहेका खेलाडीको सुविधा बृद्धिमा पहल गरिने बताए।
मन्त्री चौधरीले निजी क्षेत्रसंग सहकार्य गरी खेलकुदलाई अगाडि बढाउने बताउदै सुशासन, पारदर्शीता र सुदृढकरणमा जोड दिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रममा सहभागीको सुझाव सकरात्मक रहेको बताउँदै महत्वपूर्ण सुझावका लागि धन्यवाद दिए ।
खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्सालले समस्याको समाधानका लागि पनि समय समयमा यस्तो कार्यक्रम जरुरी भएको बताए ।
राखेप कार्यकारी समिति र बोर्ड सदस्य, खेल संघका पदाधिकारीलगायतको उपस्थितिमा भएको एकदिने कार्यक्रममा सहभागीले दसौं राष्ट्रिय खेलकुद, खेलाडीले पाउने पुरस्कार, कर्मचारीको दरबन्दी, खेल सामाग्री, अन्तर्राष्ट्रिय एक्सपोजर, लेखा परिक्षण, पेश्की, बेरुजु, प्रशिक्षणस्थल, बजेट, खेल सामाग्रीलगायतका विषयमा धारणा राखेको राखेपले जनाएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]