default_image

5 months ago

July 18, 2025

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

680 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ ।

केल्मीले २०२६ ग्रीष्मकालिन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले अवार्ड ग्रहण गरेका हुन् ।

केल्मी विश्वप्रसिद्ध स्पोटर्स वेयर ब्रान्ड हो । अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै आएको छ ।

नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । नेपाली खेलाडी र खेलकर्मीका बीचको उत्पादन रोजाइमा रहेको छ । अन्तर्राष्ट्रिय टिम वेयर मिटमा  विश्वभरका केल्मीका प्रतिनिधी उपस्थित रहेको बताइएको छ।

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले भने ‘ यो पुरस्कारले हामीलाई थप प्रेरणा प्रदान गरेको छ । हामी केल्मीसँगको आफ्नो साझेदारीलाई अझ सुदृढ गर्दै नेपालमा खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्न र विश्वस्तरीय स्पोटर्स वेयर उपलब्ध गराउन प्रतिबद्ध छौं । हाम्रा ग्राहक, साझेदार र खेलप्रेमीको निरन्तर समर्थनले हामीलाई यो उचाइमा पुर्याएको छ । हामी आगामी दिनमा पनि उत्कृष्टताको यो यात्रालाई निरन्तरता दिने छौं ।’

नेपालमा केल्मीको बजारलाई अझ विस्तार गर्न, नयाँ उत्पादनहरू ल्याउन तथा नेपाली खेलकुद क्षेत्रलाई थप सशक्त बनाउन योजना बनाइरहेको पनि न्यौपानेले बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.