default_image

5 months ago

July 29, 2025

श्रेष्ठको अध्यक्षतामा झापा साइक्लिङ क्लब गठन

331 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)-झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । बिर्तामोडमा सोमवार भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो ।

क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेका छन् ।

१३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा शिरीष रिमाल, संगीता दनुवार, प्रविन शाक्य, नारदप्रसाद रिजाल, कमल खतिवडा, नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई रहेका छन् ।

झापामा छ वर्षअघि देखि साइकलसँग सम्बन्धित गतिविधि हुँदै आए पनि विधिवत रुपमा संस्था गठन भएको पहिलोपटक हो ।

अध्यक्ष श्रेष्ठकै अगुवाईमा सन् २०२० देखि बिर्तामोडमा झापा कोरा च्यालेन्ज हुँदै आएको छ । साथै, साइकल र साइकल पर्यटनका कामहरु भइरहेका छन् ।

नवगठित समितिले चाँडै नै झापामा साइक्लिङको प्रवर्धन गर्नुका साथै साइकलसँग जोडिएर पर्यटनका क्रियाकलापहरु गर्ने योजना बनाएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.