8 years ago
June 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दुई खेलाडीसहित चार सदस्यीय नेपाली फेन्सिङ टोली हङकङमा आयोजना हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा भाग मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

असार १ देखि ६ गते सम्म हुने च्याम्पियनसिपमा नेपाली खेलाडी एपिएफका जंग गिरी र त्रिभुवन आर्मीका जलिन्द्र शाहीले भाग लिनेछन् । जंगले इपी इभेन्ट्स र जलिन्द्रले फोल इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल फेसिङ संघका उपाध्यक्ष निराकरमान सिंह रेग्मी टोलीको व्यवस्थापक र कोषाध्यक्ष अभिषेक कार्की प्रशिक्षकका रुपमा टोलीका साथ हङकङ जानेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशव विष्ट, संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिव सुजन श्रेष्ठ र सदस्य ज्ञानेन्द्र बानियाँले टोलीको विदाई गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]