default_image

10 years ago

December 3, 2015

ज्याभ्लिनमा चन्द्रकलाको नयाा राष्ट्रिय कीर्तिमान

155 views

0 Bookmark

नेपाल प्रहरीकी चन्द्रकला लामगादेले महिलाको ज्याभ्लिन थ्रोमा बिहीबार नयाा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

3(3)

भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि एथलेटिक्स खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा चन्द्रकलाले ४३.९० मिटर टाढा फाल्दै नयाा कीर्तिमान रचेकी हुन् । यसअघि सीमाकुमारी थारुको नाममा ४३.७० को कीर्तिमान थियो । एपीएफ क्लबकी सीमाले गत भदौमा भएको थाइल्यान्ड ओपनका लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा उक्त कीर्तिमान बनाएकी थिइन् । सीमाले (४०.२४ मिटर) दोश्रो स्थानमा चित्त बुझाइन् भने आर्मीकी सीता शाही (३५.२७ मिटर) तेश्रो भइन् ।

सोही स्पर्धाको पुरुषमा आर्मीका धीरेन्द्रजंग शाह (५८.८५ मिटर) पहिलो, आर्मीकै रामबहादुर कुमाल (५४.२२ मिटर) दोश्रो तथा नेपाल प्रहरीका नरेन्द्रजंग शाह (५१.७६ मिटर) तेश्रो भए ।

हाइजम्पको पुरुषमा आर्मीका प्रेम सिंह १.८५ मिटर जम्प गर्दै पहिलो भए । आर्मीकै सूर्य खत्री दोश्रो तथा प्रहरीका गोपाल चौधरी तेश्रो भए । उक्त स्पर्धाको महिलामा १.५१ मिटर जम्प गरेकी एपीएफकी शिला चौधरी पहिलो भइन् । प्रहरीकी वर्षा भट्टराई दोश्रो र आर्मीकी प्रभा चौधरी तेश्रो बने ।

पुरुष ८ सय मिटर दौडमा आर्मीका सोम कुमाल पहिलो भए । उनले निर्धारित दूरी १ मिनेट ५६ सेकेन्डमा पूरा गरे । आर्मीका मुक्तिबहादुर खड्का दोश्रो र जीवन चौधरी तेश्रो भए । त्यस स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई २ मिनेट १५.५ सेकेन्ड समय खर्चदै शीर्ष स्थानमा रहिन् । एपीएफकी फुलमती राना दोश्रो र आर्मीकी लक्ष्मी पाण्डे तेश्रो स्थानमा रहे ।

पुरुष १ सय मिटर दौडमा एपीएफका यामसाजन सुनार १०.६ सेकेन्ड समयसाथ पहिलो भए । एपीएफकै आशिष चौधरी दोश्रो र आर्मीका मीनबहादुर चौधरी तेश्रो भए । सो स्पर्धाको महिलामा एपीएफकी सरस्वती चौधरी पहिलो भइन् । सरस्वतीले निर्धारित दूरी तय गर्न १२.५ सेकेन्ड समय खर्चिन् । आर्मीकी कृष्णा चौधरी दोश्रो र प्रहरीकी मानमति विष्ट तेश्रो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ५ हजार मिटर दौडमा आर्मीका हरिकुमार रिमाल पहिलो भए । उनले दौड सकाउन १५ मिनेट १५.९३ सेकेन्ड समय लगाए । एपीएफका गोपीचन्द्र पार्की दोश्रो र आर्मीका लालबहादुर थापा तेश्रो भए । त्यस स्पर्धाको महिलामा आर्मीकी विश्वरुपा बुढा पहिलो भइन् । विश्वरुपाले १८ मिनेट ०४.९ सेकेन्डमा दूरी तय गरिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ दोश्रो र आर्मीकी सानुमाया कार्की तेश्रो बने । छनोट शनिबारसम्म चल्नेछ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.