10 years ago
January 13, 2016
अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले भक्तपुरका दुई स्कुललाई आर्थिक सहयोग प्रदान गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण क्षती हुन पुगेको भक्तपुर, दुवाकोट – ७, सरस्वती खेलस्थित श्री विनायक सरस्वती निमाबी र वडा नं १ स्थित श्री गणेश प्रा.बि.लाई भवन पुनर्निमाण गर्नका लागि युनियनकी अध्यक्ष एवं अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य मारिसोल कासाडोले पहिलो चरणको लागि संकलित १० हजार ५ सय डलर स्कुलका संचालकलाई प्रदान गरिन् । २५ रोपनी क्षेत्रफलमा रहेको यी दुई स्कुल मर्जर भई एकै स्कुलको रुपमा संचालन हुने प्रकृयामा रहेको छ ।

कासाडो पौष १५ गते नेपाल आएकी थिईन् । उनले नेपाल ट्राईयाथलन संघद्वारा आयोजित विभन्न कार्यक्रममा सरिक हुनुका साथै नेपालमा ट्राईथनलको विकास र विस्तारमा आफ्नो तर्फबाट कुनै कसर बााकी नराख्ने वचन बद्धता ब्यक्त गरेकी छिन् । काठमाण्डौको बुढानिलकन्ठस्थित विपश्यनमा १० दिनको ध्यान शिविरमा बिताएकी कासाडो मंगलबारनै आफ्नो देश स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यस्तै आजै नेपाल ट्राईयाथलन संघ र स्कुलविच ट्राईयाथलन खेलको विकासको लागि संझौता (एमओयु) भएको छ । सम्झौता पत्रमा गणेश प्राविका अध्यक्ष केदारप्रसाद प्रधान, विनायक स्कुलबाट अध्यक्ष नरबहादुर थापा, उक्त दुवै स्कुलका संयोजक रामप्रसाद न्यौपाने र नेपाल ट्राईयाथलन संघका तर्फबाट अध्यक्ष गणेशमान पुनले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा अन्तराष्ट्रिय ट्राईयाथलन युनियनकी अध्यक्ष तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य मारिसोल कासाडो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
सम्झौता पत्र :
१) स्कुलको पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय ट्राइयाथनल युनियनले नेपाल ट्राईयाथलन संघमार्फत आर्थिक सहयोग गर्ने ।
२) स्कुल संचालक समितिले आफ्नै स्वामित्वमा रहने गरि नेपाल ट्राईयाथलन संघलाई ५ रोपनी जग्गा प्रदान गर्ने ।
३) सो जग्गामा नेपाल ट्राईयाथलन संघले स्कुल र होस्टल निर्माण गरि ट्यालेन्ट स्कुल संचालन गर्ने ।
४) सो स्कुल तथा होस्टलमा नेपालभरिबाट ट्यालेन्ट हन्ट गरि खोजिएका खेलाडीहरुलाई शिक्षा र क्षात्रावासको व्यवस्था गर्ने । तथा भविष्यमा स्कुललाई बोर्डिङ्ग बनाए पछि बोर्डर होस्टलको रुपमा विकास गर्ने ।
५) नेपाल ट्राईयाथनल संघको महासचिव स्कुल संचालक समितिको सदस्य हुने ।
उल्लेख गरिएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]