8 years ago
April 4, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाली खेलकुद विकासको विधागत मन्त्रालय युवा तथा खेलकुद मन्त्रलयका सचिव महेश दाहालका कारण पोखराको खेलकुद भौतिक पूर्वाधार विकास पछि धकेलिएको छ । पोखरा आएर पटक पटक कार्यक्रममा भाषण छाँट्दै पोखरामा फुटबल रंगशालाको निर्माण र १२ करोड पर्ने ह्याण्डबलका लागि डोम निर्माण गर्ने घोषणा यति बेला उनकै कारण धरापमा परेको श्रोत बताउँछ ।
झन्डै एक वर्ष अघि फुटबल रंगशालाको डिपिआर सम्झौताका समय आफै उपस्थित जनाएका यति बेला उदासिन रहेको सरोकारवाला बताउँन थालेका छन् । सन् २०१९ मा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि १० महिनामा काम सकिने आश्वासन पाएका पोखरेली खेल प्रेमी यति बेला आएर नहुने होकि भने शंका व्यक्त गर्न थालेका छन् । न त अहिले सम्म रंगशाला निर्माणको काम अघि बढ्यो न त डोम नै आयो । भएको पूर्वाधार समेत भत्काएर शेष पारियो ।
नेपालका केही सहर हरुमा डोम ल्याउन नेपाल ओलोम्पिक कमिटी (एनओसी) लाई प्रभावित पारेर रसिया घुम्न भ्याएका सचिव दाहाललाई एनओसीले पनि खासै विश्वास गरेको देखिन्न । साग आयोजनाप्रति उनको उदासिनताले एनओसी पनि शसंकित बनेको छ । सचिव दाहालले आफ्नो कार्यकालमा मन्त्रालयमा रहेर तत्कालिन मन्त्री सत्य नारायण मण्डल, दलजित श्रीपाली, राजन केसीलाई समेत सुरुमा गलत विफ्रङ्ग गर्दै अलमलाउन सफल भएका थिए ।
तर पछि तीनै मन्त्रीले आफुहरुलाई असफल बनाउन थालेको बुझे पछि उनीसँग दुरी राखेका थिए ।साग आयोजनाका लागि भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्न नसकेपछि सागका केहि खेल पोखरामा हुनेमा शंका उत्पन्न हुन थालेको छ । युवा तथा खेलकुद मन्त्रालयका तीन वटा महत्वपूर्ण अंग राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद र नेपाल स्काउटमा समेत उनको छवी त्यती राम्रो नभएको जानकार बताउँछन् ।
केही दिन विधार्थीको एउटा कार्यक्रममा पोखरा आएका दाहाललाई लिन खेलकुदका पदाधिकारी कोही पनि विमानस्थल पुगेनन् । सामान्यता उच्च पदाधिकारी विमास्थल पुग्दा खेलकुद पदाधिकारी जाने परम्परा छ । विद्यार्थी परिषदलाई सम्वोधन गरे पछि सोझै रंगशाला पुगेका थिए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष समेत नरहेको बेला पुगेका उनले कर्मचारीलाई मार्सल आटर््स खेलका लागि मल्टि स्टोरीड विल्डिङ बनाउने सपना बाँडेका थिए ।
भत्काइएको रंगशाला बनाउन छाडेर सचिव दाहालको मल्टि स्टोरीड कथा सुन्दा कर्मचारी समेत दङ परेको बताइएको छ । राखेपका जिम्मेवार पदाधिकारी होस् वा क्षेत्रिय खेलकुद विकास समिति कसैसँग पनि दाहालको सम्बन्ध सन्तोषजनक नरहेको बताइन्छ । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको पालामा खेलकुदको नाम सबैभन्दा वढी विदेश सयर गर्नेमा सचिव दाहालको नाम अगाडि आउँछ । अहिले पोखरेली खेलप्रेमी कतै नव नियुक्त मन्त्री जगत विकलाई समेत कर्मचारीकै कारण असफल हुने हुनकि भन्ने आशंका गरिरहेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]