default_image

8 years ago

April 6, 2018

सागका ५ खेल पोखरामा गर्न प्रस्ताव, बाँकी काठमाडौमा

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को वर्ष आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश पाँच खेल पोखरामा गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष लामा टेन्डी शेर्पाको नेतृत्वमा असारमा गठन भएको पूर्वाधार निर्माण तथा तयारी समितिले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई बिहीबार प्रतिवेदन बुझाउँदै उक्त प्रस्ताव गरेको हो ।


युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई प्रतिवेदन बुझाउँदै संयोजक लामा टेन्डी शेर्पा (दायाँ) ।

१३ औं साग नेपालमा २०७५ को फागुन २५ देखि चैत ४ गते सम्म आयोजना गर्ने तय भएको छ । तर, भौतिक पूर्वाधारको पूर्ननिर्माण सुस्त गतिमा भएका कारण १३ औं साग निर्धारित समयमा हुनेमा भने शंका छ । सागका ५ खेल आर्चरी, भलिबल, ह्याण्डबल, महिला फुटबल, ट्रायथलन पोखरामा आयोजनाको प्रस्ताव गरिएको छ । २५ खेलमध्ये साइक्लिङ काठमाडौं, चितवन र नवलपरासीमध्ये एक ठाँउमा गर्न सकिने उल्लेख छ । सागका लागि प्रस्ताविक अन्य सबै खेल राजधानीमा आयोजना गर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ ।

समितिले पहिले नै आफ्नो काम गरिसकेपछि तत्कालिन मन्त्री राजेन्द्रकुमार केसीसँगको विवादका कारण शेर्पाको समितिले प्रतिवेदन बुझाएको थिएन । ‘प्रतिवेदन बुझाउन निश्चित रुपमा ढिलाई भइसकेको छ,’संयोजक शेर्पाले भने,’ढिला भएपनि नबुझाएसम्म कसरी काम अघि बढाउने भन्ने अलमल हुने थियो । नयाँ मन्त्री आएपछि यो बुझाउन आवश्यक थियो । ‘

शेर्पा संयोजक रहेको समितिमा राखेप सदस्य अर्जुनबहादुर केसी, राष्ट्रिय संघको प्रतिनिधिका रुपमा निलेन्द्रराज श्रेष्ठ, १३ औं साग सचिवालयका सचिव रिमबहादुर रानाभाट, युवा तथा खेलकुद मन्त्रालयका उप सचिव लक्ष्मी प्रसाद भट्टराई, राखेपका प्रशासन विभाग प्रमुख बासुदेव आचार्य र राखेपका निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याध्य सदस्य छन् ।

८ बुदे प्रतिवेदनमा समितिले १३ औं सागमा समावेश गरिने खेलहरुको पूर्वाधार सम्वन्धी रंगशाला, कभर्डहल, सेमि कभर्डहल खेल एकिन गरी सो को निर्माण लागतसहितको विवरण परिषदमा पेश गर्ने उल्लेख गर्नेछ । यस्तै राखेप, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रही बल र निजी संस्थानहरुको स्वामित्वमा रहेका खेल पूर्वाधारहरुको अभिलेख संकलन गरी खेल सञ्चलान गर्न सकिने वा नसकिने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै १३ औं सागका लागि नयाँ निर्माण गर्नुपर्ने रंगशाला, सेमी कभर्डहल र खेलको नियम र चरित्र अनुसार खेल स्थलहरु सम्वन्धमा सम्बन्धित खेल संघसँग समन्वय गरी परिषदमा पेश गर्नेछ । यस्तै मौजुदा रहेका पूर्वाधारहरुको सम्भार र स्तरोन्नतिका लागि सम्वन्धित निकायसँग छलफल गरि परिषदमा पेश गर्ने प्रतिवेदनमा उल्लेख छ ।

१३ औं साग खेल सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालय, राखेप, नेपाल ओलम्पिक कमिटि र अन्य आवश्यक संस्थाहरुसँग समन्वय गरी सहज वातावरण सिर्जना गरी प्रगति विवरणमा राखेपमा पेश गर्ने उल्लेख गरिएको छ । यस्तै १३ औं सागको नारा, गीत, लोगो र मस्कट आदिको लागि प्रक्रिया अघि बढाउने र तत्काल गरिहाल्नु पर्ने कार्यका लागि नेपाल सरकारद्धारा गठित १३ औं साग तयारी तथा व्यवस्थापन समितिसँग समन्वय गरी अघि बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रतिवेदनमा एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, तेक्वान्दो, उसु, जुडो, कुस्ती, भारोत्तोलन टेवल टेनिस, स्क्वास, कबड्डी, खो खो, लन टेनिस, शुटिङ, पौडी, फेन्सिङ, कराते र गल्फ काठमाडौंमा आयोजना गर्ने प्रस्ताव छ । काठमाडौंमा प्रस्तावित १२ खेलहरुका लागि ६ बहुउद्देश्यीय कवर्डहलमध्ये ४ राखेप र नेपाली सेना र एपीएफको गरी ७ कभर्डहलको मर्मत तथा सम्भार गरी प्रयोगमा ल्याइने बताइएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाको पुर्ननिर्माण कार्यलाई तीब्रता दिदै उद्घाटन समारोह र समापन समारोहको लागि तयार पार्नु पर्ने आवश्यक रहेको उल्लेख छ । ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.