default_image

8 years ago

April 6, 2018

खेलकुद मन्त्रालयको सय दिनका प्राथमिकता सार्वजनिक

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद आयोजना राष्ट्रको प्रतिष्ठासँग जोडिएकोले भौतिक पूर्वाधार निर्माणमा तीब्रता दिइने बताएका छन् । सरकार गठनको एक सय दिनका युवा तथा खेलकुद मन्त्रालयले पुरा गर्ने कामको फेहरिस्त प्रस्तुत गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले भने ‘अहिले खेलकुदको सबैभन्दा गम्भिर र संवेदशिल विषय भनेको १३ औं सागको आयोजना हो । यसको चिन्ताले मलाई रातमा निन्द्रा पनि पर्दैन । मुख्इत भौतिक पूर्वाधार निर्माण यसको चुनौति हो । यसमा तीब्रता दिनुपर्दछ । ’

१३ औं साग आयोजनाका लागि वर्ष दिन भन्दा कम समय रहको स्मरण गर्दै मन्त्री विश्वकर्माले भने, ‘ अब यसबाट पछाडि हट्ने, टाउको लुकाउने ठाँउ छैन । जसरी पनि जिम्मेवारी पुरा गर्नै पर्दछ ।’ दक्षिण एसियाली ओलम्पिक काउन्सिलले २०७५ को फागुन २४ देखि चैत ४ गते सम्मका लागि १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको मिति तय गरेको छ । जसमा २५ खेलमा प्रतिस्पर्धा गराइने यसअघि नै सर्वाजनिक भइसकेको छ ।

मन्त्री विश्वर्माले सय दिन भित्र ३७ वटा काम सक्ने प्रतिबद्धता व्यक्त छन् । उनले सस्तो लोकप्रियताका लागि लागि नभै जवाफदेयिताका लागि पत्रकार सम्मेलनमार्फत एक सय दिनको योजना सार्वजनिक गरेको बताए । ‘हामीले सस्तो लोकप्रियताका लागि होइन जिम्मेवार भएर यो योजना प्रस्तुत गरेका छौं,’ मन्त्रालयका सचिव मेहेश दाहालसहित सम्बिन्धित निकायका कार्यकारी प्रमुखतसहितको पत्रकार सम्मेलनमा उनले भने,‘ चैत १३ गते यो सकारको सय दिन पुरा हुन्छ । १५ गते बजेट, १६ गते त्यसको चर्चा होला । जेठ १७ गते यहि पत्रकार सम्मेलन गरेर तपाईहरुका सामू उपस्थित हुनेछौं । त्यति बेला कति काम पुरा भए नभएको प्रश्न तपाईहरुले गर्न सक्नुहुनेछ ।’

खेलकुदमन्त्री विश्वकर्माले सरकारी लगानीमा बन्दै गरेको मूलपानीस्थित तल्लो क्रिकेट मैदानको निर्माण प्रक्रिया अर्को वर्ष सम्म सम्पन्न गर्ने र त्यसमा रहेको विवाद समाधान छिट्टै गरिने बताए । उनले भने ‘त्यहाँ रहेको जग्गा विवादलाई समाधान गर्दै हामी २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्नेछौं ।’धुर्मुस सुन्तली फाउण्डेसनले लिएको पहललाई सकारात्मक रहेको भन्दै मन्त्री विश्वकर्माले भने, ‘सुरुमा म पनि अन्यौलमा थिए । उहाँहरुसँग भेट भएपनि उहाँहरु खेलकुदलाई केहि न केहि योगदान गर्न चाहेको पाए । त्यसमा हामी सबैले सकारात्मक हुनुपर्दछ ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनको समयमा घोषणा पत्रमार्फत राजधानीमा एउटा अत्याधुनिक अन्तर्राष्ट्रिय रंगशाला र प्रत्येक प्रदेशमा आधुनिक रंगशालामा निर्माणको प्रतिबद्धता गरेकोले त्यहि अनुरुप काम अघि बढाइने पनि मन्त्री विश्व कर्माले सोही अवसरमा बताए । उन राजधानीमा बनाइने भएको रंगशालाका लागि सय दिन भित्र जग्गाको खोजी गरिसकिने प्रतिबद्धता व्यक्त गरेका छन् । क्रिकेट विवादको समाधान पनि आफ्नो कार्यकालयको सय दिन भित्र निकाल्ने उनको योजना छ ।

पोखरा, तुल्सीपुर र इटहरीलाई स्पोर्टस सिटीका रुपमा विकसित गर्नका लागि सय दिन भित्र प्रतिवेदन आइसक्ने विश्वास व्यक्त गरेका छन् । १२ वर्षे खेलकुद गुरु योजनाको मस्यौदा पनि यहिबीचमा तयार पार्ने भनिएको छ । मन्त्रीको सय दिन भित्र राष्ट्रिय खेलकुद परिषदको पुनर्संरचनादेखि खेलकुद विकास ऐनको संशोधनसम्म हुने उल्लेख गरेका छन् । राखेपको पुनर्संरचनाको ढाँचा अन्तिम चरणमा पु¥याउने र खेलकुद विकास ऐन २०४८ लाई संशोधनका लागि संसदमा पेस गरिनेछ बताइको छ ।

प्रशिक्षक नभएका जिल्लाहरुमा तत्काल कम्तिमा १ जना प्रशिक्षकको व्यवस्था गर्ने तथा दशरथ रंगशाला परिषरमा खेलकुद अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण सुरु गरिने पनि मन्त्रालयको योजना उल्लेख छ । ३७ मध्ये युवा तथा खेलकुद मन्त्रालय भित्र १२ वटा कार्यक्रम, राष्ट्रिय युवा परिषद्मा ५, राष्ट्रिय खेलकुद परिषद् ८, युवा तथा साना व्यवासयी स्वरोजगार कोषमा १० र नेपाल स्काटउमा २ वटा कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.