default_image

8 years ago

April 17, 2018

टेबलटेनिस टोली माल्दिभ्स जाँदै

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जुनियर दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ ।अप्रिल २० देखि २२ तारिखसम्म हुने यु–१८ उमेरसमूहको यो प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा राजेन्द्र कपाली छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाईं गरे । विदाईमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, उपाध्यक्ष धर्ममान बज्राचार्य र महासचिव शंकर गौतमको उपस्थिति थियो । सो अवसरमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली टिम कप टेबलटेनिसमा दोस्रो भएको नेपाली टोलीलाई सम्मान गरिएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.