default_image

8 years ago

April 19, 2018

नेपाली एसियाड टोलीलाई एजिलिटीको पोशाक प्रायोजन

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने एसियाली खेलकुदमा नेपालको सहभागी संख्याको अझै टुंगो लागि नसकेपनि एउटा चिनियाँ कम्पनीले नेपाली खेलाडी र अफिसियलका लागि खेल पोसाक प्रायोजन गरेको छ । इन्डोनेसियाको जाकार्तामा सेप्टेम्बरमा १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ ।

स्पोर्टस वेयरको विक्रेता रहेको चिनियाँ कम्पनीले एजिलिटी र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र एजिलिटी हेन्ड एन्ड वेलनेस कर्पोरेसनका सहायक सिइओ स्टेवार्ट चेओङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

एजिलिटीले ४ सय सेट खेल सामाग्री उपलब्ध गराउने छ । सेटमा ट्रयाकसुट, हाफ पेन्ट, राउन्ड नेक टिसर्ट, पोलो टि सर्ट, स्पोर्टस जुत्ता, मोजा, क्याप र स्पोर्टस् ब्याग १/१ थान रहेने सम्झौता पत्रमा उल्लेख छ । सो अवसरमा एनओसी अध्यक्ष श्रेष्ठले एजिलिटीलाई धन्यवाद दिए । एजिलिटीका चेओङले व्यापारिक प्रायोजनलाई नहेरी नेपाली खेलकुदलाई सहयोग गर्ने उद्देश्यका साथ प्रायोजन गरेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अहिले सम्म कति खेल, खेलाडी र अफिसियलले एसियाडमा भाग लिने भन्ने आधिकारिक निर्णय सार्वजनिक गरेको छैन । राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएपनि समितिले खेल संख्या र खेलाडीको संख्या सिफारिस गरे नगरेको कुनै जानकारी सार्वजनिक भएको छैन । अनौपचारिक रुपमा नेपालले २६ खेलमा एसियाडमा प्रतिस्पर्धा निर्णय भएको बताइएको छ ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.