10 years ago
January 25, 2016
काठमाडौं
एसियाली ओलम्पिक क्वालिफाइङ सुटिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली महिला खेलाडी टोली सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
ओलम्पियनद्वय स्नेहराज्यलक्ष्मी राणा र फूलमाया क्याप्छाकी तथा अस्मिता राईले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा नेपाल सुटिङ संघकी उपाध्यक्ष ज्योत्साना राणा छन् ।
खेलाडीलाई सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जनवरी २५ देखि फेब्रुअरी ३ तारिखसम्म हुनेछ ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]