8 years ago
May 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– क्यान्सर रोगको उपचार गराईरहेका बक्सिङका पूर्व अन्तर्राष्ट्रिय रेफ्री मन्जु जंग थापालाई बेलायतमा रहेका बक्सिङका पूर्व खेलाडीले आर्थिक सहयोग गरेका छन् ।
बेलायतमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीले क्यान्सर पिडित रेफ्री थापालाई १ लाख ३ हजार ४ सय रुपैया आर्थिक सहयोग गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमार्फत उक्त आर्थिक सहयोग गरिएको हो ।
नेपाल बक्सिङ संघको रोहबरमा सोमबार रेफ्री थापालाई रहम हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर केसी, खेलाडी संघका उपाध्यक्ष दिपक थापा लगायतले रेफ्री थापालाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
खेलाडी संघको बेलायत च्याप्टरका अध्यक्ष समेत रहेका पूर्व सिद्धार्थ बिक्रम क्षेत्रिको अगुवाईमा बेलायतमा रहेका खेलाडीहरुले रेफ्री थापालाई सहयोग रुकम जुटाइएको बताइएको छ । रेफ्री थापालाई बिना गुरुङ, मिनु बस्नेत, सिदार्थ बिक्रम क्षेत्रि, सुरज कार्की, विरेन खड्का, कुस बस्नेत, राजन खकुरेल, झपट भुजेल,जीवन सेन, दिपक श्रेष्ठ र ह्यारी गुरुङले आर्थिक सहयोग गरेका थिए ।
यस्तै कार्यकममा पूर्व खेलाडी एपीएफ क्लबका पूर्ण लामाले १० तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापाले व्यक्तिगत ५ हजार रुपैयाँ सहयोग गरेका छन् । संघका पूर्व सदस्य तथा गायक योगेश्वर अमात्यले ५० हजार, संघका पूर्व अध्यक्ष राजीवन श्रेष्ठले १५ हजार रुपैयाँ सहयोग गरेको बताइएको छ ।
पछिल्लो दुई बर्षबाट फोक्सोको क्यान्सरबाट पिडित रेफ्री ६७ वर्षे थापा भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । सन् १९८८ बाट रेफ्रीको भूमिका निर्वाह गरेका पूर्व खेलाडी समेत रहेका थापाले क्यान्सरका कारण रेफ्री गर्न छाडेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]